वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ऋण दुरुपयोग गरेको अभियोगमा नेपाल बैंकका कर्मचारीसहित १३ पक्राउ

अर्थटुडे
२०७४ आश्विन १९, बिहीबार

काठमाडौं । कमसल धितोको उच्च मूल्यांकन गरी बढी ऋण लगानी गरेको र ऋण दुरुपयोग गरेको अभियोगमा नेपाल बैंकका कर्मचारीसहित १३ जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिकास्थित नेपाल बैंकमा सुनलगायतका वस्तु धितो राखेर कर्जा लिने ऋणी र बैंकमा कार्यरत कर्मचारीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो र धरान प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले बैंक कारोबारमा १५ करोड रुपैयाँ भन्दा बढीको ठगी गरेको उजुरी परेको छ ।

पक्राउ पर्नेमा सुन धितो राखेर कर्जा लिने र कर्जा दिने कार्यमा संलग्न कर्मचारीमा होमबहादुर भट्टराई, शंकर न्यौपाने, पुष्पराज घिमिरे, रामकिशोर मेहता, सानुबाबु श्रेष्ठ र विद्या तामाङ पक्राउ परेका छन् ।

त्यस्तै, सुन व्यापारी एवं ऋणी माधव रिजाल, सङ्गीत रसाइली, लालबहादुर विक, सन्तोष रसाइली, सुनिल विक, ज्ञानेन्द्र पुर्कोटी र लीजा थापामगरलाई पनि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए ।

बैंक घोटाला प्रकरणमा पक्राउ परेका सबैलाई उच्च अदालत विराटनगरबाट म्याद थप गराई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानको प्रहरी हिरासतमा राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ