वि.सं. २०८१ आश्विन १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घिसिङलाई हटाइएको चिलिमे अन्तर्गतका चारवटै आयोजनामा स्थानीय बासिन्दाद्धारा ताला

अर्थटुडे
२०७१ श्रावण ३, शनिबार

काठमाडौं। चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध सञ्चालक कुलमान घिसिङलाई हटाइएको भन्दै स्थानीय बासिन्दाले चिलिमे अन्तर्गत निर्माणधिन चारै आयोजनामा शनिवारदेखि ताला लगाएका छन् । चिलिमेले एक सय ११ मेगावाटको रसुवागढी, एक सय तीन मेगावाटको भोटेकोशी तीन, ४२ मेगावाटको साञ्जेन र १४ मेगावाटको माथिल्लो साञ्जेन निर्माण थालेको छ ।

chilime
घिसिङलाई नै चिलिमेको नेतृत्वमा पुनर्स्थापित नगर्दासम्म आयोजनामा काम हुन नदिने स्थानीय बासिन्दाले जीकिर रहेको छ । नेपाल विद्युत प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक रामचन्द्र पाण्डेले घिसिङको म्याद थप्न अश्वीकार गरेका हुन्।
प्राधिकरणका एमडी चिलिमे सञ्चालक समितिको पदेन अध्यक्ष हुने व्यवस्था छ। प्राधिकरणको तर्फबाट चिलिमेका लागि सञ्चालकको रुपमा पठाइएका घिसिङलाई चिलिमे सञ्चालक समितिले प्रबन्ध सञ्चालकमा नियुक्त गरेको थियो। घिसिङ प्राधिकरणको दशौं तहका इन्जिनियर हुन्। घिसिङलाई हटाइको विषयमा चिलिमेलाई कर्जा दिएको सस्था कर्मचारी सञ्चयककोषका कर्मचारी युनियनहरुले पनि आपत्ति जनाएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ