काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट ५ अर्व रुपैयाँ उठाउने भएको छ । निक्षेप संकलन उकपरणमार्फत आइतबार उक्त रकम खिच्न लागेको हो ।
३० दिन अवधिको उक्त निक्षेपको सावा र व्याज भुक्तानी कात्तिक २१ गते हुनेछ । यसको व्याजदर भने बोलकबोलबाट तय हुनेछ ।
केन्द्रीय बैंकद्धारा प्रकाशित सूचना अनुसार बाणिज्य बैंक, बिकास बैंक र फाइनान्स कम्पनीहरुले निक्षेप राख्नका लागि आईतबार दिउसो ३ बजेसम्म बोलकबोल गर्न सक्छन् । कम्पनीहरुले न्यूनतम ५ करोडदेखि ५ करोडले निशेष जाने गरी भाग गर्दा हुने रकमका लागि बोलकबोल गर्न सक्नेछन् ।
बैंकिङ प्रणालीमा तरलता बढ्दै गएपछि निक्षेपको ब्याज दर पनि घट्न थालेको छ । बैंकले सस्तो दरमा कर्जा दिन थालेका छन् ।
बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अधिक भएपछि नेपाल राष्ट्र बैंकले बजारबाट ५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ ।
बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत तरलता खिच्न लागेको राष्ट्र बैंकले जनाएको छ । हाल बजारमा झण्डै १ खर्ब रुपैयाँ हारहारीमा तरलता छ ।
दशैमा सर्वसाधारणले लगेको रकम पनि दशैपछि क्रमश बैंकिङ प्रणालीमा फर्किने भएकाले थप तरलता हुन्छ ।
केन्द्रीय बैंकले बैकिङ प्रणालीमा तरलता अभाव भयो भने रिपोमार्फत बजारमा पैसा पठाउने र बढी भए खिच्ने गर्छ । यसअघि राष्ट्र बैंकले दुई पटक गरी ६ अर्ब रुपैयाँ तरलता प्रशोचन गरिसकेको छ ।
बैंकिङ प्रणालीमा तरलता बढ्दै गएपछि निक्षेपको ब्याज दर पनि घट्न थालेको छ । बैंकले सस्तो दरमा कर्जा दिन थालेका छन् ।
प्रतिक्रिया