सहकारी संस्थाको अवस्था नराम्रो हुनु र संस्था समस्याग्रस्त बन्नुको एउटा प्रमुख कारण ऋण नउठ्नु पनि हो । संस्थाले विश्लेषण नगरी जथाभावी लगानी गर्दा अन्त्यमा लगानी नउठी संस्था नै अप्ठेरोमा परेको उदाहरण हामीसामु धेरै छन् । त्यसैले सहकारी संस्थाले ऋण लगानीको सुरुवातदेखि नै विचार पुर्याउनुपर्छ । सहकारीमा ऋणको भाखा नाघ्ने प्रमुख कारणहरु निम्न छन् :
कारण १० : ऋण पोर्टफोलियोको स्वास्थ्य अनुगमन हुन नसक्नु
कारण ९ : असुली सम्बन्धि सुचना प्रवाहमा अनियमितता
कारण ८ : ऋण जोखिम कोषमा अत्याधिक खर्च
कारण ७ : भाखा नाघेको ऋण असुलीमा नखाम्ने धितो
कारण ६ : धितोको पर्याप्तता
कारण ५ : शेयर धितो जमानतमा ऋण
कारण ४ : ऋण नविकरणको अभ्यास
कारण ३ : ऋणको पुर्व विश्लेषणको अभाव
कारण २ : ऋणी सम्बन्धि सुचना संकलनमा कमी
कारण १ : नगद प्रवाहको ख्याल नराख्नु
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अधिकृत बल्लभ तिम्मलसेनाको फेसबुकबाट साभार
प्रतिक्रिया