वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्सेले सोमबार प्रमूख कार्यकारी पाउने,प्राध्यापक शर्माको सबैभन्दा बढी अंक

अर्थटुडे
२०७४ आश्विन २२, आईतवार

काठमाडौ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ प्रमुख कार्यकारी पाउने पक्का भएको छ । दुई महिनादेखि प्रमुख कार्यकारीको पर्खाइमा बसेको नेप्सेमा प्राध्यापक मोहन शर्मा नियुक्त हुने करिव पक्का भइसकेको अर्थमन्त्रालयका एक अधिकारीले बताए । अर्थ मन्त्रालयको बित्तीय क्षेत्र ब्यवस्थापन विभागले यसअघि नै नेप्सेको प्रमुख कार्यकारी बन्न आबेदन दिएका १३ मध्ये तीन जनाको नाम सिफारिस गरिसकेको छ ।

नेप्सेको सीईओ नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिले ज्योति बिकास बैंकका नायव कार्यकारी प्रमुख मनोज ज्ञवाली, प्राध्यापक प्रमोद शर्मा, नेपाल ईन्स्योरेन्सका पूर्व मुख्य कार्यकारी चन्द्र साउदको नाम सरकारलाई सिफारिस गरेको हो ।

समितिले छनौट गरेका ५ जनाबाट ब्यबसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता लिइएको थियो । प्रस्तुतीकरण र अन्तर्वार्ताको आधारमा समितिले ३ जनाको नाम सरकारलाई सिफारिस गरेको हो । समितिले सरकारलाई सिफारिस गरेको तीन जना मध्ये प्रमोद शर्माले उच्च अंक प्राप्त गरेको अर्थमन्त्रालयका एक अधिकारीले जानकारी दिए । यही आधारमा शर्मा नै प्रमूख कार्यकारी नियुक्त हुने छन् उनले दावी गरे । त्यसैगरी मनोज ज्ञवाली र चन्द्र साउद क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

तर मन्त्रिपरिषदले नै सिफारिस गरेका तीन जना मध्येबाट एक जनालाई छनौट गर्ने भएकाले जसको बढी पावर पुग्छ उही हुन सक्ने समेत ति अधिकारीले जानकारी दिए । भोली बस्ने मन्त्रिपरिषद्को नियमित बैठकले सिफारिस गरिएका तीनजना मध्येबाट एकलाई नेप्सेको सीईओमा नियुक्ति गर्नेछ । नियुक्ति पाउनेले आगामी ४ बर्षका लागि नेप्सेको जिम्मेवारी सम्हाल्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ