वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आरम्भ माइक्रोफाइनान्सले करिब ३ करोड बराबरको आइपिओ जारी गर्दै

अर्थटुडे
२०७४ आश्विन २४, मंगलवार

काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले दुई करोड ९४ लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्ने भएको छ । कम्पनी साधारण सेयर जारी गर्नका लागि आगामी साधारणसभाबाट प्रस्ताव पारित गर्दैछ ।

कम्पनीले वार्षिक साधारणसभा कात्तिक १८ गते बोलाएको छ । साधारणभाले साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेपछि अरु प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ ।

सेयर निश्कासनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको कम्पनीले पहाडी क्षेत्रका १५ जिल्लामा लघुवित्त सेवा संचालन गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ