काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सले विक्री खुल्ला गरेको साधारण निश्कासन (आइपीओ) १३४ गुणा बढी आवेदन परेको छ । बिक्री प्रवन्धक एनएमबी क्यापिटलका अनुसार २ लाख ३६ हजार ९३२ जना लगानीकर्ताले २ अर्ब २४ करोड २५ लाख ६४ हजार १०० रुपैयाँ बराबरको सेयरका लागि आवेदन गरेका छन् । केही बैंकबाट अझै विवरण नआइसकेका आवेदन रकम अझै बढ्न सक्ने देखिन्छ ।
कम्पनीले निश्कासन गरेको भन्दा धेरै गुणा आवेदन परेकाले न्यून आवेदनकर्ताले मात्र सेयर पाउने सम्भावना छ । आवेदनकर्तालाई न्यूनतम १० कित्ताका दरले सेयर वितरण गर्दा पनि ७ प्रतिशतले मात्र सेयर पाउने देखिएको छ ।
कम्पनीले निष्कासन गरेको १ लाख ८० हजार कित्ता आइपीओमध्ये कर्मचारीलाई ३ हजार ६०० कित्ता र सामूहिक लगानी कोषहरुलाई ९ हजार ५०० कित्ता सेयर छुट्याइएको छ । बाँकी रहेको १ लाख ६६ हजार ९०० कित्ता मात्र सर्वसाधारणलाई बाडफाँड हुन्छ । यसआधारमा, जम्मा ७५ आवेदकले मात्र सेयर पाउने भएका छन् ।
सपोर्टले असोज १८ देखि २३ गतेसम्म सेयरका लागि आवेदन खुल्ला गरेको थियो ।
हाल ४ करोड २० लाख पुँजी रहेको कम्पनीले पाँचथर, तेह्रथुम, धनकुटा भोजपुर, खोटाङ, सुनसरी, उदयपुर, सिन्धुली, रामेछाप र मकवानपुर गरी १० जिल्लामा आफ्नो कारोबार सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया