काठमाडौं । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको हप्रद विहिबारदेखि खुला भएको छ । बैंकले दिने १ः१.२ को अनुपातमा दिन लागेको हकप्रदको म्याद कात्तिक २९ गतेसम्म मात्र रहेको छ । एनआइबीएल क्यापिटल मार्केट्स बिक्री प्रबन्धक रहेको सो बैंकले २६ लाख ४३ हजार ५३८.८० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।
हाल नेपाल कम्युनिटीको चुक्ता पुँजी २२ करोड २ लाख ९४ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि भने बैंकको चुक्ता पुँजी ४८ करोड ४६ लाख ४८ हजार ७८० रुपैयाँ पुग्नेछ ।
एनआइबीएल क्यापिटल मार्केट्स काठमाडौं तथा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको बुटवल–८ रुपन्देही तथा यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको चिप्लेढुंगा पोखरा, विराटनगर, वीरगंज, नेपालगंज, नारायणगढ तथा धनगढी शाखाबाट पनि हकप्रद सेयर भर्न सकिनेछ ।
प्रतिक्रिया