काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को चुनावमा नयाँ तरंग आएको छ । आउँदो शनिबार सुरु हुने सातौँ विश्व सम्मेलनबाट एनआरएनमा नयाँ नेतृत्व चयन हुँदैछ ।
अहिलेसम्म एनआरएनएको अध्यक्षमा औपचारिक रुपमा भवन भट्ट र टिबी कार्कीले उम्मेद्वारी घोषणा गरेपनि विहिबार अध्यक्ष शेष घले पत्नी जमुना गुरुङ घलेले नै आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेद्वारी घोषणा गरेपछि नयाँ तरंग पैदा भएको हो ।
होटल र्याडिसनमा विहिबार पत्रकार सम्मेलन शेष घले पत्नी जमुना घलेले उम्मेद्वारी दिएकी हुन् । उनले आफूले उम्मेद्वारी दिनुको कारण पनि सार्वजनिक गरेकी छिन् ।
यसअघि घलेले उम्मेद्वारी दिने चर्चा चलेपनि उनी पछि हटेकी थिइन् तर शेष घले पक्षधरको चर्को दवावपछि भने उनले उम्मेद्वारी घोषणा गरेकी हुन् । शेष घले एनआरएनएमा दोस्रो कार्यकाल अध्यक्ष भएर आउँदो साता सम्पन्न हुने निर्वाचनबाट बिदा हुँदै छन् ।
शेष घले पुन अध्यक्ष हुन नपाउने भएपछि आफ्नी पत्नी जमुनालाई अघि सारेका हुन् । यसअघि घलेलाई नै समर्थन गर्दै आएका उपाध्यक्ष भट्टलाई भने अहिले घलेले साथ छोडेका छन् । उपाध्यक्षमा अमेरिकाका सोनाम लामा, खगेन्द जिसी, बेलायतका कुल आचार्य, जापानका चिरञ्जिवी थापा लगायत उम्मेद्वार छन् ।
महिला उपाध्यक्षमा अष्ट्रेलियाकी रञ्जु वाग्ले र रुसबाट सपिला राजभण्डारीले उम्मेद्वारी दिने भएकी छिन् । महासचिवमा हङकङका त्रिलोक गुरुङ र रुसका बद्री केसी उम्मेद्वार भएका छन् ।
प्रतिक्रिया