काठमाडौं । मिलानो ब्राण्डमा जुत्ता चप्पल नेपाली बजारमा बिक्री सुरु भएको छ । एक्सन पोलिमरले इटालियन प्रविधिद्धारा पोली युरिथिन (पीयु) फुटवेयर बनाउने स्वदेशी उत्पादकले आफ्ना उत्यादनको बिक्री सुरु गरेको हो । ३० करोड रुपैयाँ लगानी भएको कम्पनी सन् २०१६ मा भैरहवामा स्थापना भएको हो ।
एक्सन पोलिमर्सले मिलानो ब्राण्डमा स्लीपरहरु तथा स्याण्डलका साथै बच्चादेखि बुढासम्मका लागि जुत्ताहरु समेत बजारमा ल्याएको छ । मिलानो ब्राण्डका फुटवेयरका विशेषताहरुमा हलुका तौल, स्वास्थ्यलाई फाईदाजनक, प्रतिस्पर्धात्मक मूल्य, फेशनेबलका साथमा आरामदायी, टिकाउ, वाटरप्रुफ र कठिन मौसममा पनि प्रयोग गर्न सकिने कम्पनीको दावी छ ।
एक्सन पोलिमर्सका अध्यक्ष राजेश अग्रवालले वश्वको प्रख्यात इटालियन प्रविधिद्धारा निर्मित फुटवेयर सफल रुपमा सार्वजनिक गर्न पाउँदा निकै गौरवान्वित भएक बताए ।
प्रतिक्रिया