काठमाडौं । कालिका पावर कम्पनीले १८ करोड रुपैयाँ बराबरको साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । एक सय रुपैयाँ अंकित १८ लाख कित्ता सेयरमध्ये ६ लाख कित्ता आयोजना प्रभावित स्थानीयवासी र बाँकी सेयर सर्वसाधारणमा बाडफाँड हुनेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा काठमाडौं क्यापिटल मार्केट लिमिटेड र ग्लोलब आईएमई क्यापिटल रहेका छन् ।
कम्पनीले स्थानीयवासीमा सेयर निश्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ भने सेयरको रेटिङ समेत गराएको छ ।
कम्पनीको आईपीओलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ प्रदान गरेको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको शेयरको ग्रेडिङ गरेको हो । यो ग्रेडिङले कम्पनी औसत आधारभन्दा तल्लो स्तरको भन्ने संकेत गर्दछ ।
इक्राले ग्रेड १ देखि ५ सम्म प्वाइन्ट स्केलमा ग्रेडिङ प्रदान गर्दछ र जसमा ग्रेड १ ले बलियो आधारहरू भएको र ग्रेड २ ले औसत आधारभन्दा माथिल्लो तहको जनाउँछ । त्यस्तै ग्रेड ३ ले औसत आधार भएको र ग्रेड ५ ले कमजोर आधार भएको संकेत गर्छ ।
यस ग्रेडिङका आधारमा यो आइपिओलाई औसत स्तरको मान्न सकिन्छ ।
प्रतिक्रिया