काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबार देखि नै लागु हुने गरी अनिवार्य नगद मौज्दात (सिआरआर) बढाउनका लागि बैंक तथा वित्तिय संस्थालाई निर्देशन दिएको छ ।
मौद्रिक नीति ल्याएको तेस्रो दिन नै नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै मौद्रिक नीतिमा तोकिएको प्रतिशत सिआरआर बढाउनका लागि निर्देशन दिएको हो । राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै बाणिज्य बैंकका लागि एक प्रतिशत बिन्दुले र विकास बैंकहरुका लागि ०.५ प्रतिशतका दरले सिआरआर बढाउने नीतिगत निर्णय गरेको थियो ।
राष्ट्र बैंकले बाणिज्य बैंकहरुका लागि छ प्रतिशत, विकास बैंकहरुका लागि पाँच प्रतिशत र फाइनान्स कम्पनीहरुका लागि चार प्रतिशत सिआरआर कायम गर्न निर्देशन दिएको छ ।
प्रतिक्रिया