काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबिआई) को अध्यक्षमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला मनोनित भएका छन् । विहिबार बसेको एनबिआईको संचालक समितिको बैठकले निरौलालाई अध्यक्षमा मनोनित गरेको एनबीआइले जनाएको छ ।
त्यसैगरी संचालक समिति सदस्यहरुमा एभरेष्ट बैंकका नायव महाप्रबन्धक राजीव जैन, लक्ष्मी बैंकका नायव महाप्रबन्धक सुमेद भट्टराई र रुरल माक्रोफाइनान्स डेभलपमेण्ट सेन्टरका नायव प्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशी नियुक्त भएका छन् ।
त्यस्तै एनबीआइले पूर्व बैंकर उपेन्द्र पौडेललाई सञ्चालक समितिको सदस्यबाट हटाएको छैन ।
प्रतिक्रिया