वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनआरएन सम्मेलन काठमाडौंमा सुरु, नेपालसँग रगतको नाता भएकोले लगानी भित्र्याउन राष्ट्रपतिको आग्रह

अर्थटुडे
२०७४ आश्विन २८, शनिबार

काठमाडौं । ७० देशहरुमा सञ्जाल रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ विश्व सम्मेलन शनिबारदेखि काठमाडौंमा शुरु भएको छ । दुई हजार भन्दा बढी प्रतिनिधि भएको सो संस्थाको विश्व सम्मेलनको शनिवार राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् ।

उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले विदेशमा रहेका नेपालीहरुको नेपालसँग भावनात्मक मात्र नभएर रगतको नाता समेत रहेको बताउँदै गैरआवसाीय नेपालीहरु राष्ट्रियताको पहरेदार भएको समेत बताइन् ।
उनले एनआरएनएलाई नेपालमा पर्यटन, सूचना, संचार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगानी गर्न अनुकुल बातावरण रहेकोले यस क्षेत्रमा लगानी गर्न समेत आग्रह गरिन् ।

एनआरएनका अध्यक्ष शेष घलेले नेपालीहरुले विदेशमा कमाएको सीप र पुँजी नेपालको समृद्धिमा लगानी गर्नु नै एनआरएनको मुख्य अभियान रहेको दावी गरे । एनआरएनहरुले ‘पर्यटन, शिक्षा, स्वास्थ्य, बैंकिङलगायतका क्षेत्रमा लगानीगर्दा नेपालमा लगानी बातावरण समेत बन्ने घलेले जानकारी दिए । उनले एनआरएनलाई मिनी राष्ट्र संघको समेत परिकल्पना गरेको बताए । उनले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने निर्णयले खुसी भएपनि कार्यान्वयन गराउने काम बाँकी रहेको तथा विश्वविद्यालय संचालन गर्ने एजेण्डा पनि पुरा नभएको बताए ।

अध्यक्ष घलेले नेपालमा समस्या पर्दा विदेशी भुमिमा नेपालीहरु चैनको निद्रा सुत्न नसकेको बताउँदै विभिन्न देशबाट सहयोग गरेको समेत जानकारी दिए । बाढी पिडितहरुका लागि राहत संकलन देखि भूकम्पका बेला गरिएको उद्धारको समेत उदाहरण दिदै अध्यक्ष घलेले मुलुक अप्ठ्यारो पर्दा एनआरएनए छ है भन्ने आश जगाउन सकेको दाबी गरे ।
संघको पहलमा गोरखाको लाप्राकमा स्थायी आवास निर्माणको काम अन्तिम चरणमा पुगेको पनि उनले जानकारी दिए । उनले ‘एनआरएनएको लगानी गर्ने बिषयलाई हावा नमान्न आग्रह गर्दै हाम्रो मन र मुटुको आवाज हामीले बोलेको हो,’भने ।

कार्यक्रममा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले गैरआवासीय नेपालीबाट देश विकासका लागि धेरै अपेक्षा रहेको बताए । भूकम्प पिडितलाई राहत बितरण र पुनर्निर्माण क्षेत्रमा खेलेको भूमिकाको उनले प्रशंसा गर्दै उनले स्थानीय तहको निर्वाचन सम्पन्न भइ सकेको एवं प्रदेश तथा केन्द्रको निर्वाचन लगत्तै मुलुक आर्थिक विकासको दिशामा अघि बढ्ने समेत बताए ।

नेपाल उद्योग बाणिज्य महासंघ अध्यक्ष भवानी राणाले एनआरएनले आर्थिक, सामाजिक क्षेत्रमा उल्लेखनीय भूमिका खेलेको र आउँदो दिनमा युवालाई उत्पादनशील क्षेत्रमा लैजाने अभियानमा महासंघले सहकार्य गर्ने बताइन् ।
संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले देश समृद्ध नभएसम्म व्यक्ती सम्पन्न हुन सक्दैन भन्ने उदेश्यका साथ एनआरएनए गठन भएको बताउदै एनआरएनमा आफ्नो र पराइ नहुने समेत दावी गरे ।

‘एनआएरएनको नेतृत्वमा कसले लिने भन्दा पनि देशलाई देश कसरी सुन्दर, शान्त र समृद्ध बनाउन सकिन्छ भनेर एनआरएन गठन भएको बताए । उनले देश आयातमुखी भएकोमा दुख व्यक्त गर्दै स्वदेशमा नै रोजगारी उत्पादन गर्न एनआरएनहरुलाई आग्रह गरे ।

पूर्व अध्यक्ष जिवा लामिछाने र देवमान हिराचनले गैरआवासीय नेपालीले धेर थोर पुँजी राष्ट्र निर्माणमा लगाउन निरन्तर प्रयास गरि रहेको जानकारी दिए । उनीहरुले विदेशमा रहेर आर्जन गरेको ज्ञान, सीप, पूँजी स्वदेशमा लगानी गर्नुपर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ