काठमाडौ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को सम्मेलनमा भाग लिन आएका जापानका एनआरएन अनुज थापा ठगीको आरोपमा काठमडौंबाट पक्राउ परेका छन् । नेपालमा राम्रो विद्यालय खोल्ने भन्दै जापानी नागरिकसँग ६ करोड रुपैयाँ ठगी गरेको आरोपमा थापालाई प्रहरीले विहिबार पक्राउ गरेको छ ।
पक्राउ परेका थापा जापान एनआरएनका पूर्व महासचिव हुन् । उनले जापानी नागरिकलाई ६ करोड रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ । थापालाई शुक्रबार अदालतले थुनामा राख्नको लागि म्याद थप गरेको थियो ।
प्रतिक्रिया