वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आर्थिक विकासको मेरुदण्ड लघु, घरेलु तथा साना उद्योगः उद्योगमन्त्री थापा

अर्थटुडे
२०७४ आश्विन ३०, सोमबार

काठमाडौं । उद्योगमन्त्री सुनिलबहादुर थापाले लघु, घरेलु तथा साना उद्योगबाटै देशको अर्थतन्त्र फष्टाउने भन्दै यस्ता उद्योगको विकास अहिलेको अपरिहार्य आवश्यकता रहेको बताएका छन् । आर्थिक विकासको मेरुदण्ड लघु, घरेलु तथा साना उद्योग नै ठूला उद्योगको आधारस्तम्भ भएकाले देशमा यस्ता उद्योगको प्रवद्र्धन गर्नुपर्ने उहाँको भनाइ थियो ।

लघु, घरेलु तथा साना उद्योगको वर्तमान अवस्था र अवसरका विषयमा नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले समग्रमा ८० प्रतिशत घरेलु उद्योगबाट मात्र निर्यात हुने गरेको उनको भनाई थियो ।

उद्योगीहरुले भोग्नु परिरहेको अन्तर मन्त्रालय समन्वयका समस्याहरुलाई अबका दिनहरुमा उद्योग मन्त्रालय मार्फत सहजीकरण हुने व्यवस्था मन्त्रालयले मिलाउन लागेको कुरा उनले जानकारी दिए । उनले निजी क्षेत्रसँग सरकारको समन्वयलाई प्रभावकारी बनाउनुपर्ने बताउँदै, त्यसका लागि आवश्यक ऐन कानुन पनि सरकारले तयार गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

हालको चुनौति नीतिगत सुधार रहेकाले यसलाई प्राथमिकतामा राखेर अघि बढ्ने र यसका लागि निजी क्षेत्रले समेत महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले नेपालका लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्घनका लागि सरकारले ल्याएको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने विषय कागजमै सीमित रहेको गुनासो गरे ।

स्थानीय स्तरमा उपलब्ध स्रोतसाधनको उपयोग गरी परम्परागत कृषि र विप्रेषणमा आधारित अर्थतन्त्रलाई औद्योगिकीकरणमा उन्मुख गराउने उद्देश्यले सरकारले ल्याएको उक्त रणनीति कार्यान्वयन गराउन सके अर्थतन्त्रमा लघु, घरेलु तथा साना उद्योगको योगदान ह्वात्तै बढ्ने अध्यक्ष गिरीको भनाई थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ