काठमाडौ । नेपाल ग्रामीण विकास बैंकको एफपीओ बाँडफाँड भएको छ । सो एफपीओ जम्मा ९७ हजार ५०० आवेदकले मात्र १० कित्ताका दरले पाएका छन् । मंगलबार गोलाप्रथाबाट बाडिएको सो एफ्पीओमा कुल २ लाख ५० हजार ५२४ जनाले आवेदन दिएका थिए ।
एफपीओमा कुल २ अर्ब ७३ करोड २२ हजार ८०० रुपैयाँ बराबरको आवेदन परेको थियो भने ३ हजार ७९१ जनाको भने आवेदन रद्द भएको थियो । बैंकले भदौ २७ देखि भदौ ३० गतेसम्म ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता एफपीओ बिक्री खुला गरेको थियो ।
एफपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार ८७० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था थियो । सो कम्पनीको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक रहेको प्रभू क्यापिटलका अनुसार धितोपत्रको नियममा नै रहेर एफ्पीओ बाँडफाँड गरिएको हो ।
एफपीओ निष्काशनपछि बैंकको चुक्ता पुँजी ६५ करोड ५० लाख रुपैयाँ पुग्ने छ ।
प्रतिक्रिया