वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सरकारबाट बाहिरियो माओवादी केन्द्र

अर्थटुडे
२०७४ आश्विन ३१, मंगलवार

काठमाडौं । माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वाम गठवन्धन गरेपछि सरकारमा बस्नु उचित नभएको भन्दै केन्द्रले सरकार छा्ड्ने निर्णय गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपालाई समेटेर मन्त्रिपरिषद बिस्तार गरेपछि माओवादीलाई सरकार छाड्नका लागि नैतिक दवाव परेको थियो ।

माओवादीले वाम गठवन्धनमा भए पनि कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै रहने बताउँदै आएपनि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय बनाउने तयारी गरेको जानकारी पाएपछि माओवादी केन्द्रले सरकार छाड्ने भएको हो ।

माओवादीलाई अप्रत्यक्ष रुपमा सरकार छाड्नका लागि दवाव दिने उदेश्यले नेपाली कांग्रेसले राप्रपालाई सकारकामा ल्याएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ