काठमाडौं । लोकदर्शन रेग्मी मुख्यसचिव नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गृह सचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि रेग्मीलाई सरकारले मुख्य सचिवमा नियुक्त गरेको हो । रेग्मी २४ औं मुख्यसचिव बनेका हुन् ।
क्षेत्री गत असार २९ गते मात्र मुख्य सचिब भएका थिए । तत्कालीन मुख्यसचिव सोमलाल सुवेदी एसियाली विकास बैंकमा जागिर खान राजीनामा दिएर हिँडेपछि क्षेत्रीलाई सरकारले मुख्य सचिव बनाएका थिए । ५८ वर्षे उमेर हदका कारण उनले कात्तिक ७ गते अनिवार्य अवकाश पाउँदै छन् ।
बरियता क्रममा तेस्रो स्थानमा रहेका रेग्मी पावरका कारण मुख्य सचिवमा नियुक्त भए । रेग्मीसँगै ङइन्द्रप्रसाद उपाध्याय र शंकर अधिकारी मुख्यसचिवको प्रतिष्पर्धामा थिए ।
मुख्यसचिवको आकांक्षी तीनै सचिव २०७० साउन ६ गते सचिवमा बढुवा भएका थिए । वरियताक्रममा उपाध्याय पहिलो, अधिकारी दोस्रो र रेग्मी तेस्रो स्थानमा छन् रहेका थिए ।
प्रतिक्रिया