वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गुरु न्यौपानेबाट जफत गरिएको सेयर जनता बैंकले राख्यो लिलामीमा

अर्थटुडे
२०७४ कार्तिक ८, बुधबार

काठमाडौं । जनता बैंकले गुरु न्यौपानेबाट जफत गरेको सेयर लिलामीमा राखेको छ । प्रचलित कानुन विपरित न्यौपानेले आफ्नी श्रीमतिको नाममा किनेको ८५ हजार एक कित्ता सेयर बैंकले जफत गरेको थियो । सोही सेयर बैंकले सर्वसाधारणले खरिद गर्न सक्ने गरी लिलाममा राखेको हो ।

नेपाल राष्ट्र बैंकले न्यौपानेको सेयर जफत गर्न जनता बैंकलाई निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार जनता बैंकले न्यौपानेको श्रीमतिको नाममा रहेको सेयर जफत गरेको थियो । बुधबार सूचना प्रकाशित गर्दै कात्तिक १५ देखि २१ गतेसम्म जफत गरिएको सेयर लिलाममा राखेको जनाएको छ । यसका लागि बैंकले काठमाण्डौं क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकको लिलामी सेयरमा आवेदन गर्न चाहनेले काठमाडौ क्यापिटलको कार्यालयमा गएर आवेदन दिनुपर्ने छ ।

मर्जरको प्रकृया सार्वजनिक नभई भित्री सूचनाका आधारमा सेयर कारोबार गरेको प्रमाणित भए पछि राष्ट्र बैंकले जनता बैंकलाई न्यौपानेको सेयर जफत गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ