काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफू मातहतका निकायलाई नियम परिपालना पत्र पेस गर्न निर्देशन दिएको छ ।
बोर्डले मंगलबार नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरीङ, धितोपत्र दलाल व्यवसायी र मर्चेन्ट बैंकरलाई नियम परिपालना प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो । प्रतिवेदन पेस गर्दा लेखापरिक्षकबाट प्रमाणित समेत गर्न निर्देशन दिएको हो ।
धितोपत्र बजारको विकास र बिस्तारमा नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ साथै अन्य धितोपत्र व्यवसायीको महत्वपूर्ण भूमिका रहने भन्दै बोर्डले धितोपत्र सम्बन्धी ऐन र त्यसअन्तर्गत बनेका नियम विनियम र निर्देशनहरुमा रहेर कामकारवाही गर्न निर्देशन समेत दिएको हो ।
प्रतिक्रिया