काठमाडौं । केही दिन यता सेयर बजार परिसुचक (नेप्से) लगातार घटिरहेको छ । बुधवार पनि नेप्से ७.०२ अंकले घट्यो । यसदिन उत्पादन र अन्य समूह बाहेकका सबै उपसमूह नकारात्मक भएको छ ।बुधबार नै विकास बैंक समूहबाट छुट्याइएको माइक्रोफाइनान्सको उपसूचक नकारात्मक देखिएको छ । यो समूहको उपसूचक करीव १३ अंकले झरेको छ ।
त्यस्तै विकास बैंक समूहबाट माइक्रोफाइनान्सलाई छुटिएपछि बनेको विकास बैंकको मात्रै सूचक पनि दोहोरो अंकले घटेको छ । विकास बैंकको सूचक १३ अंक भन्दा बढीले झरेको छ ।
यसदिन १५९ बटा कम्पनीका १० लाख ३१ हजार ८ सय ३२ कित्ता किनवेच हुँदा ४२ करोड २६ लाख ४४ हजार रुपैयाँको कारोवार भएको छ । गत आर्थिक बर्षको लाभांस धमाधम घोषणा भइरहेपनि कम्पनीहरुले राम्रो प्रतिफल दिन नसकेकाले लगानीकर्ताहरु आकर्षित भएका छैनन् । राजनितिक घटनाक्रमले पनि लगानीकर्तालाई केही प्रभाव पारेको देखिन्छ ।
बुधवार सबैभन्दा बढी राष्ट्रीय बिमा कम्पनीको संस्थापक समूहको ३ करोड १० लाख ७६ रूपैयाँ बराबरको कारोवार भएको छ भने जनता बैंकको १ करोड ९३ लाख वराबरको कारोबार भएको छ ।
यसदिन मल्टिपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ९.२९ प्रतिशतले कमाइ गरेका छन् भने भार्गव बिकास बैक र सहयोगी बिकास बैकका लगानीकर्ताले क्रमश ७.२९ र ६.४२ प्रतिशतले गुमाएका छन् ।
बुधबार पनि नेप्से रातै, विकास बैंक समुहबाट छुट्याएको माइक्रोफाइनान्स समूह दोहोरो अंकले ओरालो
२०७४ कार्तिक १५, बुधबार
प्रतिक्रिया