वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रधानमन्त्रीको निर्देशनमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

अर्थटुडे
२०७४ कार्तिक १६, बिहीबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता गरेको छ । निर्वाचनको मुखमा मूल्यवृद्धि गरेको भन्दै तत्काल फिर्ता लिन निर्देशन दिएपछि निगमले निर्णय कार्यान्वयन नहुने बताएको हो ।

निगमले अन्तर्राष्ट्रिय मूल्यका आधारमा नियमितरुपमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको थियो । जसअनुसार बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ बढाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ