काठमाडौं । साताको अन्तिम दिन पनि सेयर बजार परिसुचक (नेप्से) ओरालो लागेर नै बन्द भएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको दोश्रो चरणको निर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन भएर राजनीतिक स्थिरता हुने संकेत देखिदा पनि बजार उकालो लाग्न सकेन । सेयर खरिदमा भन्दा विक्रिमा बढी चाप बढ्दा बजार ओरालो लागेको हो । विहीबार नेप्से ३.७० अंकले घटेर १५२२.८१ मा आएर अडिएको छ ।
यसदिन १५५ बटा कम्पनीका ११ लाख ५ हजार ३५ कित्ता किनवेच हुँदा ४५ करोड ९ लाख ५० हजार रुपैयाँको कारोवार भएको छ । कारोवार रकम भने बुधवारको तुलनामा करीव ३ करोडले बढेको छ । यसदिन व्यापार, बित्त, हाइड्रो र इन्सरेन्स बाहेकका सम्पूर्ण सूचक नकारात्कम रहे ।
बिहीवार नेपाल इन्भेष्टमेण्ट बैकको संस्थापक सेयर सबैभन्दा बढी ३ करोड ६५ लाख ६१ हजार ३ सय ६९ रुपैयाको कारोवार भयो भने त्यसपछि राष्ट्रीय बिमा कम्पनीको संस्थापक समूहको २ करोड ७५ लाख १८ हजार ९ सय २३ सय रूपैयाँ बराबरको कारोवार भएको छ ।
यसदिन भार्गव बिकास बैकका लगानीकर्ताले ३.९ प्रतिशतले कमाएका छन भने बिशाल बजार कम्पनीका लगानीकर्ताले पनि ३.७१ अंकले कमाए । लगातार चार दिन झण्डै दश प्रतिशतको हाराहारीमा सेयरमूल्य बढेको मल्टीपरपोज फाइनान्सको सेयरमूल्य विहीबार भने ७.४३ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया