वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अब ब्रोकरहरुले नै दिने भए सेयर धितोमा कर्जा, कुल नेटवर्थको दुई गुणा भन्दा बढी कर्जा प्रबाह गर्न नपाइने व्यवस्था

अर्थटुडे
२०७४ कार्तिक २१, मंगलवार

काठमाडौं । सेयर दलाल कम्पनी (ब्रोकर)हरुले पनि अब मार्जिन लेन्डिङ (सेयर धितोमा कर्जा) को सुविधा पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले सेयर ब्रोकरहरुलाई मार्जिन लेन्डिङ सुविधा प्रदान गर्ने गरी ‘मार्जिन कारोबार सुविधा सम्बन्धि निर्देशन २०७४’ जारी गरेको छ ।
बोर्डले सो निर्देशन बमोजिम कार्यविधि बनाएर लागु गर्नका लागि पनि निर्णय गरेको छ । बोर्डले कार्यविधि बनाएसँगै दलाल कम्पनीहरुले सेयर लगानीकर्तालाई मार्जिन लेन्डिङ सुविधा दिनसक्नेछन् ।

बोर्डका अनुसार अन्तराष्ट्रिय मूल्य र मान्यता अनुरुपको मार्जिन कारोवार शुरु गर्न तथा धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार गर्ने उद्देश्यले बोर्डले मार्जिन कारोवार सम्बन्धी नीतिगत व्यवस्थाहरु गरेको हो । तर दलाल कम्पनीहरुले लगानीकर्तालाई मार्जिन लेन्डिङ सुविधा दिँदा बोर्डले राखेका विभिन्न शर्तहरु पूरा गर्नुपर्नेछ ।

बोर्डका अनुसार कम्तिमा १० हजार शेयरधनी रहेको तथा नेटवर्थ सकारात्मक रही पछिल्लो दुई आर्थिक बर्षमा कम्तिमा वार्षिक १० प्रतिशत लाभांश वितरण गरेको सूचीकृत संगठित संस्थाको शेयरमा मात्र मार्जिन कारोवार सुविधा उपलब्ध गराउनुपर्नेछ । मार्जिन कारोबार सुविधा दिने ब्रोकर कम्पनीको खुद सम्पति कम्तिमा ५ करोड रुपैयाँ हुनुपर्नेछ ।

सूचीकृत कम्पनीको १८० दिनको औसत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसको ५० प्रतिशतले हुन आउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिनका रुपमा लिनुपर्नेछ । यसआधारमा राष्ट्र बैंकले राखेको प्रावधान नै बोर्डले पनि राखेको हो । राष्ट्र बैंकले पनि सेयर मार्जिन कर्जा ५० प्रतिशतसम्म मात्र दिन पाउने व्यवस्था गरेको छ । ब्रोकरहरुले आफ्नो नेटवर्थको २ गुणासम्म मात्र मार्जिन कारोबार सुविधा उपलब्ध गराउन पाउनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ