वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दुई करोडको लोभमा गुरु न्यौपानेले बृद्ध पत्नी सुमित्रालाई डिभोर्स दिएपछि………………..

अर्थटुडे
२०७४ कार्तिक २२, बुधबार

काठमाडौं । दुई करोड १९ लाख रुपैयाँको लोभमा हाइड्रोपावर व्यवसायी गुरु न्यौपानेले आफ्नी वृद्ध पत्नी सुमित्रा न्यौपानेसँग सम्बन्ध विच्छेद गरेका छन् । न्यौपानेले जनता बैंकले लीलाम गर्न लागेको श्रीमति सुमित्रा न्यौपानेको नामको २ करोड १९ लाख रुपैयाँ बराबरको सेयर जोगाउन कागजी डिभोर्स गरेका हुन् ।

न्यौपाने निकट व्यक्तिहरुका अनुसार नयाँ बानेश्वरमा रहेको घरमा न्यौपाने श्रीमति र जेठो छोरा बुहारीसँग बस्दै आएका छन् । तर, काजगमा भने उनीहरुबीच डिभोर्स भइसकेको छ । जनता बैंकको अध्यक्ष भएका बेला न्यौपानेले श्रीमती सुमित्रादेबी न्यौपानेको नाममा ८५ हजार कित्ता सेयर भित्री रुपमा किनेका (इन्साइडर ट्रेडिङ) थिए ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा सञ्चालकले पदमा वहाल रहँदा आफू र परिवार कसैको नाममा पनि त्यही संस्थाको सेयर खरिद गर्न पाइँदैन । न्यौपानेले इन्साइडर ट्रेडिङ गरेको पुष्टि भएपछि उनकी पत्नी सुमित्राको नाममा भएको सेयर जफत गर्न राष्ट्र बैंकले जनता बैंकलाई निर्देशन दिएको थियो ।

सोही निर्देशनपछि जनताले उनको नाममा रहेको सेयर जफत गरी लिलामी प्रक्रिया अघि बढाएको थियो । सेयर लिलामी गर्ने अन्तिम मिति मंगलबारसम्म तोकिएको थियो । तर न्यौपानेले श्रीमतीसँग डिभोर्स भइसकेको कागज तयार पारेर पाटन उच्च अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले मंगलबार न्यौपानेको सेयर तत्काल लिलामी नगर्न जनता बैंकको नाममा अन्तरिम आदेश समेत दिएको छ ।

अदालतको आदेशपछि जनता बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट्सले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सेयर लिलामी रोकिएको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ