काठमाडौं । सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको आइपीओ बाँडफाँड भएको छ । सो आइपीओमा आवेदन दिनेमध्ये १६ हजार ७४० आवेदकले मात्र १० कित्ता सेयर पाएका छन् । कम्पनीले जारी गरेको उक्त आइपीओमा कुल दुई लाख ३५ हजार २४८ जनाको आवेदन परेको थियो ।
कम्पनीले असोज १८ देखि भदौ २३ गतेसम्म आइपीओ निष्काशन गरेको थियो । बिक्री प्रबन्धक रहेको एनएमबी क्यापिटलका अनुसार कुल आवेदन परेको सेयरमध्ये २ हजार ३९६ जनाको आवेदन रद्द भएको छ भने बाँकी आवेदकलाई सेयर परेको छैन । कम्पनीले कुल एक करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो ।
प्रतिक्रिया