काठमाडौं । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माण चिनियाँ कम्पनीबाट खोजेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा दिएको चिनियाँ कम्पनी गेजुवा ग्रुपलाई दिने निर्णय खारेज हो ।
सो आयोजना निर्माणको जिम्मा गेजुवा ग्रुपलाई दिने निर्णय पुष्पकमल दाहाल –प्रचण्ड) प्रधानमन्त्री भएको बेलामा गरिएको थियो ।
ऊर्जामन्त्री कमल थापाले चिनियाँ कम्पनीलाई आयोजनानको निर्माण दिने सम्झौता अनियमित र हचुवा ढंगले भएको भन्दै संसदीय समितिको निर्देशन बमोजिम खारेज गरिएको बताए ।
थापाले आफ्नो फेसबुक पेजमा लेखेका छन्, “अनियमित र हचुवाढंगले गेजुवा ग्रुपसँग गरिएको बुढीगण्डकी जलविद्युत आयोजनाको समझौता संसदिय समितिहरुको निर्देशन बमोजिम आज बसेको मन्त्रिपरिषद बैठकले खारेज गरेको छ ।”
चिनियाँ कम्पनीले स्थलगत अध्ययनसमेत थालिसकेका बेलामा सरकारले अनियमित र हचुवा ढंगले सम्झौता भएको भन्दै उक्त सम्झौता खारेज गरिदिएको छ । सरकारले संसदीय समितिको निर्देशन बमोजिम सम्झौता खारेज गरिएको जनाएको छ ।
कांग्रेसको समेत संलग्नतामा रहेको क्याबिनेटले बूढीगण्डकी निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको थियो ।
प्रतिक्रिया