वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

३० बर्षे सेवा अवधि हटाउने राष्ट्र बैंकको प्रयास विफल, लोकसेवाले भन्यो–“विद्यमान व्यवस्थालाई यथावत् राख”

अर्थटुडे
२०७४ कार्तिक २७, सोमबार

काठमाडौं । लोकसेवा आयोगले नेपाल राष्ट्र बैंकको ३० बर्षे सेवा अबधि यथावत् राख्न पत्रचार गरेको छ । आयोगले संघीय प्रशासन सञ्चालन सम्बन्धी कानुन बन्ने चरणमा रहेकाले सो कानुन नआउँदासम्म विद्यमान व्यवस्थालाई यथावत राख्न राष्ट्र बैंकलाई पत्राचार गरेको हो ।

आयोगको पत्रसँगै ३० वर्षे सेवा अवधिको व्यवस्था हटाउने केन्द्रीय बैंकको योजना रोकिएको छ । केन्द्रीय बैंकले असोज ८ गतेको सञ्चालक समिति बैठकबाट ३० वर्षे सेवा अवधि सम्बन्धी व्यवस्था हटाएर ५८ वर्ष उमेर हद लागु गर्ने निर्णय गरी सहमतिको लागि लोक सेवा आयोगमा पठाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ