वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जाडोमा सिरक राजनीतिःमतदातालाई प्रभावित पार्न लगिाएको सिरक प्रहरीले समातेपछि

अर्थटुडे
२०७४ कार्तिक २८, मंगलवार

काठमाडौं । चुनावमा मतदाताहरुलाई प्रभावित पार्नका लागि बाडिन लगिएको एक ट्रक सिरक प्रहरीले नियन्त्रणमा लिएको छ । मतदातालाई बाड्ने उदेश्यले लगिएको एक ट्रक सिरक सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका अन्तर्गत धुस्कुनमा मंगलबार बिहान धुस्कुनका वडा अध्यक्ष सुकदेव रिसालको समूहले नियन्त्रणमा लिएर सशस्त्र प्रहरीलाई बुझायो ।

बा १४ छ ५६४९ नम्बरको टाटा मोबाइलमा लगिएको सिरक सहितको गाडी एमाले कार्यकर्ताहरुले सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीलाई जिम्मा लगाएका हुन् । मंगलबार नेपाली कांग्रेसले धुस्कुनमा आमसभा गर्न लागेको र सो आमसभाबाट कांग्रेसले मतदाताहरुलाई सिरक बाँड्न लगेको भन्दै वडाअध्यक्ष रिसालको नेतृत्वमा एमाले कार्यकर्ताले समातेका हुन् ।

धुस्कुनका वडाअध्यक्ष रिसालका अनुसार धुस्कुनको दलित बस्तीमा नेपाली कांग्रेसले लगेर सिरक वितरणको योजना रहेको सूचना पाएकाले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको दाबी गरे ।

जिल्लामा व्यापारीहरुले सिरक, पानी ट्यांकी लगायतका सामाग्रीहरु ठूलो संख्यामा भित्र्याउन थालेका छन् । मतदातालाई प्रभावित बनाउनका लागि गाउँ–गाउँमा नेपाली कांग्रेसले विभिन्न सामग्रीहरु लैजाने गरेका छन् ।  सो क्षेत्रमा व्यापारीहरु नै प्रदेशसभाको उमेदवार भएकोले मतदातालाई प्रभावित पार्नका लागि यसो गरिएको हुन सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ