लमजुङ । अन्धोपन निवारणका लागि लायन्स क्लब अफ काठमाडौं सम्बृद्धिको पहलमा लम्जुङमा ३ दिने आँखा शिविर सम्पन्न भएको छ । यही कात्तिक २५ देखि २७ गते सम्म सञ्चालन भएको सो आखाँ शिविरमा ५ सय भन्दा बढीले आँखा जाँच गराएका थिए भने ८५ जनाको मोतिविन्दुको सल्यक्रिया गरिएको थियो ।
सम्बृद्धिका पूर्व अध्यक्ष शम्भुबहादुर थापाले आफ्नो संस्थाको पहलमा भएको आँखा शिविरमा लमजुङ, तनहु र गोरखाका स्थानीय बासिन्दाहरुको उल्लेख्य सहभागिता रहेको दावी गरे । थापाले हालसम्म संबृद्धिले दृष्टी गुमाएका स्थानिय व्यक्तिहरुको हाल सम्म ५ सय भन्दा बढीको मोतिविन्दुको सल्यक्रिया र करिव पच्चिस सय भन्दा वढि व्यक्तिहरुको आँखा परिक्षण गराएको पनि बताए ।
तीन दिने आँखा शिविर कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं भ्याली यूएन पार्क, लायन्स क्लब अफ काठमाडौं नयांबानेश्वर, लायन्स क्लब अफ पोखरा माउण्टेन सिटी, लमजुङ चेम्बर्स अफ कमर्श र लमजुङ मोडल अस्पतालले सहकार्य गरेका थिए ।
शिविरमा प्राविधिक सहयोग भने नेपालको पहिलो आखाँ अस्पताल त्रिपुरेश्वरका आँखा सल्य चिकित्सक डा. पुजा कार्कीले नेतृत्व गरेकी थिइन् ।
प्रतिक्रिया