वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ज्वेलरी डिजाइन तालिम सुरु, अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्य

अर्थटुडे
२०७१ श्रावण ५, सोमबार

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको आयोजनामा काठमाडौंमा ‘स्विफ्ट ज्वेलरी डिजाईन’ तालिम सुरु भएको छ । नेपाली कालिगढलाई अन्तर्राष्ट्रिय स्तरका गरगहना बनाउन सक्षम बनाउने उद्देश्यले जेमोलोजिकल इन्स्टिच्यूट अफ अमेरिकाको सहकार्यमा तालिम सुरु गरिएको हो ।

jwellery
साउन ५ गतेदेखि ९ गतेसम्म संचालन हुने तालिममा भारतकाका प्रख्यात ज्वेलरी डिजाईनर पल्लवी फोली प्रशिक्षक रहेका छन् ।
तालिमबाट नेपाली गरगहना व्यवसायीहरुलाई गुणस्तरयुक्त नयाँ डिजाइनको गरगहना उत्पादन गर्न सहयोग पुग्ने महासंघका अध्यक्ष रमेश मर्हजनले बताए । यसबाट नेपाली गरगहना विदेश निर्यातका लागि समेत सहज हुने उनको भनाई छ ।
महासंघले जेमोलोजिकल इन्स्टिच्यूट अफ अमेरिकाको सहकार्यमा ज्वेलरीसम्बन्धी विभिन्न तालिमहरु संचालन गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ