वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कांग्रेसमा नै भोट हाल्न बैंकका कर्मचारीलाई दबाब दिदै राजेन्द्र श्रेष्ठ

अर्थटुडे
२०७४ मंसिर ४, सोमबार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको सक्रियतामा सिन्धुपाल्चोकमा नै केन्द्रीय कार्यालय रहने गरी आठ बर्ष अघि सिन्धु विकास बैंकको स्थापना भएको थियो । तातोपानी नाका सम्बद्ध व्यापारी व्यवसायीहरुको लगानीमा स्थापना भएको बैंकका अध्यक्ष छन् उद्योग बाणिज्य संघका पुर्व केन्दैीय सदस्य राजेन्द्रकुमार श्रेष्ठ ।

तिनै अध्यक्ष अहिले प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्र्तगत प्रदेशसभा २ का उम्मेद्वार भएका छन् । नेपाली काँग्रेसले उनलाई प्रदेशको टिकट दिएपछि उनी उमेदवार भएका हुन् । बाह्रविसे, मुडे, जलविरे, मेलम्ची, सिपाघाट, चौतारा, बनेपा र चरिकोटसहित १२ शाखा रहेको बैंकमा झण्डै ३ सय बढी कर्मचारीहरु कार्यरत रहेका छन् ।

बैंकको अध्यक्ष नै उम्मेद्वार भएपछि बैंकमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई उनले आफुलाई भोट दिन बैंकका उच्च कर्मचारीमार्फत दबाब दिन सुरु गरेका छन् । प्राय जिल्लाभित्रकै कर्मचारीहरु भएकाले पनि काँग्रेसलाई भोट नदिए जागिरबाटै निकालिदिने धम्कीसमेत दिन सुरु गरेको बैंक सम्बद्ध स्रोतले बताए ।

अध्यक्ष ज्यू नै उम्मेद्वार हुन भएको छ तपाँइलगायत परिवारका सबै सदस्यहरुले उहाँलाई भोट हाल्नु पर्छ भन्दै सबै शाखा प्रमुखहरुले कर्मचारीहरुलाई भन्ने गरेका छन् । यसको नेतृत्व बाह्रविसे शाखा प्रमुख पुस्कर जिसी र मुडे शाखा प्रमुख जीवन श्रेष्ठले गरेका छन् ।

बैंकको अध्यक्ष नै उम्मेद्वार भएपछि मुडे शाखा प्रमुख श्रेष्ठ त खुलेर अध्यक्षको पक्षमा भोट मागीरहेका छन् । बैंकका कर्मचारीहरुलाई प्रेसर दिएर श्रेष्ठको पक्षमा भोट हाल्न दबाद दिएपछि कर्मचारीहरु के गर्ने नगर्नेमा अन्यौलमा परेका छन् । सबै कर्मचारीहरुलाई रुखमा भोट हालेको फोटो खिचेर ल्याउनसमेत बाह्रविसे शाखा प्रमुख जिसी र मुडे शाखा प्रमुख श्रेष्ठमार्फत कर्मचारीहरुलाई दबाब दिने गरेका छन् ।

शाखा प्रमुखहरुबाट मात्रै सम्भव नभएपछि सञ्चालकहरु समितिका सदस्यहरुसमेत अध्यक्ष श्रेष्ठलाई भोट दिनका लागि दबाब दिइरहेका छन् । यसको नेतृत्व सञ्चालक समितिका एक यादव दाहालले गरेको स्रोतको भनाइ छ । श्रेष्ठको विश्वास पात्रको रुपमा चिनिएका दाहाल उद्योग बाणिज्य संघका एमालेको कोटाबाट महासचिव भएका थिए ।

आफ्नो अध्यक्ष उठेपछि पार्टी सार्टी होइन, अध्यक्षलाई जिताउने हो भन्दै उनी श्रेष्ठको पक्षमा लागेर हिडेका छन् । बैंकमा रोजगारी दिने भन्दै केही दिन अघि बैंकमा कर्मचारी समेत मागिएको छ । रोजगारी दिने र त्यसका लागि भोट दिनु पर्नै बैंकका सञ्चालकहरुले भुमिका निर्वाह गरेका छन् । भोटलाई आर्कषित गर्नका लागि बेला न कुबेला बैकमा कर्मचारीहरु मागिएको स्रोतको दाबी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ