वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काठमाडौंमा‘स्पार्क वीक २०१७’ सुरु, बुधबार मिडिया इन्टेनरसीप सम्वन्धि छलफल

अर्थटुडे
२०७४ मंसिर ६, बुधबार

काठमाडौं  । नेपालमा पहिलो पटक ‘स्पार्क वीक २०१७’ बुधबारदेखि सुरु भएको छ ।उद्यमशिलतालाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल आर्थिक पत्रकार समाज ९सेजन०संगको समन्वयमा नेपाल इन्टरप्रेनियरसीप हबले काठमाडौंमा १० गतेसम्म ‘ग्लोबल इन्टरप्रेनियरसीप विक २०१७’ आयोजना गरेको हो ।

नोभेम्बर महिनालाई उद्यमशिलताका नाममा विश्व व्यापी रुपमा मनाइदैँ आएको अवस्थामा हबले नेपालमा पनि सुरुवात गरेको हो । सबै स्टेक होल्डर्सलाई एकै स्थानमा ल्याएर उद्यमशिलता सम्वन्धि छलफःल तथा बहसको लागि यो कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ।

बुधबारदेखि सुरु भएको उक्त वीकको पहिलो दिन मिडिया र उद्यमशिलताका विषयमा छलफल भएको छ । बाह्रखरी अनलाइन पत्रिकाका प्रधान सम्पादक प्रतिक प्रधानले मिडियाहरुले उद्यमशिलतालाई प्रोत्साहन हुने काम गर्ने बताए ।

उनले भने, ‘उद्यमशिलता विकासका लागि स्टार्ट अपलाई पनि सहयोग गर्नुपर्छ, तर त्यो जनशक्ति मिडियामा आउनका लागि सकरात्मक हुनुपर्छ, यहाँ दुई किसिमका इन्टरप्रेनियर छन्, जो बाहिर आउन चाहन्छ, तर अर्कोथरी बाहिर नआउने पनि छन् ।’ उनले अहिले आएका घोषणा पत्रमा आशा गर्ने र निराशा हुने कुनै कुरा नभएको बताए । घोषणापत्रहरु यस्तै रिपब्लीका दैनिकका प्रधान सम्पादक सुभास घिमिरेले स्टार्ट अप पनि प्रोफेशनल हुन आवश्यक भएको बताए ।

उनले भने, ‘आर्थिक पत्रकारिताको धार पनि परिवर्तन गर्न आवश्यक छ, अहिले नबुझिकनै मानिसहरु सेयर, उद्यमशिलतामा लाग्ने गरेका छन्, उनीहरुलाई त्यस दिशामा केन्द्रीत गर्नका लागि मिडियाले जानकारीमुलक विषयहरु पनि प्राथमिकतामा राख्नुपर्छ ।’ हवका संस्थापक सुमन शाक्यले मिडियाले सबै क्षेत्रलाई स्थान दिएजस्तै स्टार्ट अप तथा इन्टरप्रेनरसिपलाई पनि प्राथमिकतामा राख्न आवश्यक भएको बताए । मिडियाले उद्योग, ट्रेडिङलाई दिएको जस्तै इन्टरप्रेनरसिपलाई पनि स्थान दिनुपर्ने उनले बताए ।

उनले भने, ‘आर्थिक विकासका लागि इन्टरप्रेनरसिपलाई प्रोत्साहन र प्रवद्र्धन गर्नुपर्छ, त्यसका लागि हामीले स्पार्क वीको आयोजना गरेका हौँ, पहिलो दिन मिडियासँग, ७ गते इन्टरप्रेनरसिप आइडिया, ८ गते त्यसको ग्रोथ९वृद्धि० ९ गते लगानी र १० गते भएका नीतिगत विषयमा छलफल हुनेछ ।’ कार्यक्रमको मध्यस्ता मनिष झाले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ