काठमाडौं । त्रिशुली–गल्छीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) भारतको डिजाइन ग्रुप कन्सल्टेन्टमार्फत भएको हो । अध्ययनकर्ता भारतीय कम्पनीलाई गुरु न्यौपानेले अझैसम्म डीपीआर तयार गरेको रकम भुक्तान गरेका छैनन् । काम गरिसके पनि आफ्नो पैसा असुली नभए पछि अहिले डिजाइन ग्रुप कन्सलटेण्ट आफ्नो रकम उठाइदिन भारतीय राजदुतावासको शरणमा पुगेको छ ।
त्रिसुली–गल्छी आयोजना सिद्धकाली पावर लिमिटेडको हो । सो कम्पनीको अध्यक्ष गुरु न्यौपाने हुन् भने प्रमूख कार्यकारी अधिकृत उनका कान्छा छोरा सन्जीव न्यौपाने हुन् । भारतीय कम्पनीले सिद्धकालीका लागि गरेको कामको अधिकांस रकम असुली गर्नका लागि कम्पनीमा ताकेता गरेको थियो । सिद्धकालीले अनेक बहानामा लामो समयदेखि रकम भुक्तानी गर्न आनाकानी गरेपछि उक्त कम्पनी रकम असुली गरिदिन भन्दै दुतावासको शरणमा पुगेको हो ।
प्रतिक्रिया