वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सञ्चालक र प्रमूख कार्यकारी निर्देशकमाथिको नियम कडा बनाउँदै (बाफिया) को मस्यौदा तयार

अर्थटुडे
२०७१ श्रावण ५, सोमबार

शर्मिला ठकुरी/अर्थसंसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना अधिकारहरु बढाउँदै बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन (बाफिया)को मस्यौदा/२०७१ तयार गरेको छ । मस्यौदामा बैंक तथा वित्तिय संस्थाका सञ्चालक, कार्यकारी निर्देशकको अवधि तोकिएको छ भने योग्यता समेत बढाइएको छ ।nepal rastra bank

 

नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयले संयुक्त रुपमा तयार पारेको सो बाफिया मन्त्रीपरिषद्बाट पास भएको खण्डमा बैंक तथा वित्तिय संस्थामा संस्थागत सुशासन हुने नेपाल राष्ट्र बैंकको विश्वास रहेको छ ।
लगातार दुइ कार्यकाल भन्दा बढी सञ्चालकको पदमा बस्न नपाउनेलगायतको व्यवस्था गर्दै सो ऐनको मस्यौदा तयार पारेको हो ।

बाफियामा सञ्चालक हुनका लागि कुनै विषयमा स्नातक पास गरेको वा कुनै सरकारी वा बैकिङ वा वित्तीय क्षेत्रसँग सम्बन्धित कुनै निकायमा सञ्चालक वा अधिकृतस्तरको पदमा कम्तिमा पाँच वर्षको अनुभव प्राप्त गरेको हुनुपर्छ । त्यसैगरी सञ्चालक नियुक्तिका सम्बन्धमा राष्ट्र बैंकले तोकेका फिट एण्ड प्रोपर टेष्ट सम्बन्धी मापदण्ड पुरा गरेको छ ।

क र ख वर्गको राष्ट्रिय स्तरका बैंकको व्यवसयीक सञ्चालकको हकमा अर्थशास्त्रसम्बन्धी कुनैपनि विषयमा १० वर्षको अध्यापन गरेको हुनुपर्ने छ भने घ वर्गको वित्तिय संस्थाको हकमा भने सञ्चालकको शैक्षिक योग्यता तथा अनुभव राष्ट्र बैंकले समय समयमा तोके बमोजिम हुने व्यवस्था गरेको छ ।

त्यसैगरी बाफियामा प्रमूख कार्यकारीको हकमा कुनै विषयमा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरी बैकिङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धीत पाँच वर्षको अनुभव रहेको हुनुपर्ने छ ।

यसअघि जुनसुकै विषयमा पनि स्नातक तह उतिर्ण गरेको हुनुपर्ने थियो । त्यसैगरी प्रमूख कार्यकारी अधिकृत नियुक्ति गर्दा राष्ट्र बैकले तोकेका फीट एण्ड प्रोपर टेष्टका मापदण्ड पूरा गरेको पनि हुनुपर्ने छ ।

सञ्चालक हुनका लागि आफ्नो र परिवारको सम्पुर्ण आर्थिक स्रोत समेत खोल्नुपर्ने व्यवस्था मस्यौदामा गरेको छ । त्यसैगरी सो बाफियामा राष्ट्र बैंकबाट अवकास भएको गभर्नरको हकमा कम्तिमा ७ वर्ष पुरा भएको हुनुपर्छ भने डेपुटी गनर्भर र सञ्चालकको हकमा पदबाट हटेको वा अवकास पाएको पाँच वर्ष पुरा भएपछि मात्र बैंक तथा वित्तिय संस्थाको सञ्चालक हुन योग्य मानिने छ ।

त्यसैगरी विशिष्ट श्रेणीको कर्मचारीको हकमा आफ्नो सेवाबाट हटेको वा अवकास प्राप्त गरेको मितिले दुइ वर्ष पुरा भएपछि मात्र सञ्चालक बस्न पाउने व्यवस्था रहेको छ ।

मस्यौदाको पूर्ण विवरण बढ्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ