वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नविलका सिइओ जोशीको राजिनामा स्विकृत, संचालकमा आए उपेन्द्र पौडेल

अर्थटुडे
२०७४ मंसिर १९, मंगलवार

काठमाडौं । नबिल बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ) शशिन जोशीले पदबाट दिएको राजीनामा स्विकृत गरेको छ । सोमबार बसेको बैंक संचालक समितिको बैठकले फागुन ५ गतेबाट लागू हुनेगरी उनको राजिनामा स्विकृत गरेको जनाएको छ ।
२०७२ असारबाट नविलमा ४ वर्षका लागि नियुक्ती लिएका जोशिले व्यवस्थापनसँग विवाद बढेपछि कार्यकाल पुरा नहुँदै राजिनामा दिएका हुन् ।

संचालकमा उपेन्द्र पौड्याल


काठमाडौं । नबिल बैंकको सञ्चालकमा बैकर उपेन्द्र पौडेल नियुक्त भएका छन् । यसअघि लामो समय एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृतबाट अवकास लिएका पौडेलसँग बैंकिङ क्षेत्रमा लामो समय काम गरेको अनुभव छ ।
नविल बैंकको मुख्य लगानीकर्ता एनबी इन्टरनेशनलको सिफारीसमा पौडेल संचालक भएका हुन् । एनबी इन्टरनेशनलले संचालक कृष्णप्रसाद पौडलको सट्टामा उपेन्द्र पौडेललाई पठाएको हो । बैंकको एनबीको लगानी ५० प्रतिशत छ भने एनबीका मुख्य लगानीकर्ता चौधरी समूह हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ