वि.सं. २०८२ असार १०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से ओरालो लाग्यो, कारोबार आधा घट्यो

अर्थटुडे
२०७४ मंसिर २५, सोमबार

काठमाडौं । सोमबार सेयर बजारमा सामान्य गिरावट आएको छ । लगानीकर्ताहरु ’पर्ख र हेर’ को अवस्थामा रहेकाले नेप्सेमा सामान्य गिरावट आएको हो । सोमबार सेयर बजार परिसुचक २.७४ अंकले ओरालो लागेको छ ।

यसदिन १५७ कम्पनीको ८ लाख ५६ हजार कित्ता सेयर ४६ करोड ४५ लाख रुपैयाँमा किनबेच भयो । आईतबार सेयरबजारमा ८४ करोड ७० लाख बराबरको सेयर किनबेच भएको थियो ।

सोमबार सबैभन्दा बढी स्ट्यान्डर्ड चार्टड बैंकको ६ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बैंकको आईतबार २६ करोड ९७ लाख रुपैयाँको कारोबार भएको थियो । चार्टडले शतप्रतिशत बोनस सेयर घोषणा गरेपछि कम्पनीको सेयर किनबेचमा चाप परेको हो ।

यसैगरी यसदिन प्राइम लाइफ इन्स्योरेन्स प्रोमोटरको ४ करोड ७५ लाखको कारोबार भएको छ । बुटवल पावर कम्पनी, नविल बैंक प्रोमोटर, नेपाल टेलिकम, एभरेष्ट बैंक, चिलिमे हाइड्रो र नेपाल इन्भेष्टमेन्ट बैंकको पनि एक करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

सोमबार अन्य र उत्पादनमूलक समूहको बाहेक सबै उपसुचक ओरालो लागेको छ । यसदिन सबैभन्दा बढी बीमा समूह २६.७३ अंकले घटेको छ भने वित्त समूह सबैभन्दा कम ०.९४ अंकले झरेको छ । अन्य समूह ०.८७ र उत्पादन समूह ०.५६ अंकले उकालो लागेका छन्

बजारमा एभरेष्ट बैंकको कन्फेन्सियल सेयरको मूल्य सबैभन्दा बढी ७.४७ प्रतिशतले बढेको छ । महुली लघुवित्त, काबेली विकास बैंक, बरुण हाईड्रोपावर र लक्ष्मी लघुवित्तका सेयरधनीले ३ प्रतिशत बढीले कमाएका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ