काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्सको कारोबार एकैदिन एक अर्वको कारोबार भएको छ । सोमबार नेपाल स्टक एक्सचेन्जले प्रेस विज्ञप्ति नै जारी गदै नेप्सेका लागि सोमबार ऐतिहासिक क्षण भएको बताएको छ ।
२०५० सालमा स्थापना भएको नेप्सेले सुरुवातीका दिनमा मुस्किलले दैनिक २ लाखसम्मको कारोबार गर्दथ्यो । पछिल्लो दुइ दशकमा कारोबार बढ्दै गएपनि एक अर्वसम्मको कारोबार एकै दिन भने भएको थिएन । सोमबार एक अर्वभन्दा बढीको कारोबार भएकोमा नेप्सेले ब्रोकरहरुसँग समेत खुसी साटेको थियो विज्ञहरुका अनुसार नेपालको सेयर बजार अब क्रमशः म्याचोर्ड बन्दैछ ।
सोमबार भने नेप्से परिसुचक ८.५८ अंकले बढेर १०८३.५५ अंकमा पुगेको छ । सोमबार१ अर्व २० करोड ३१ लाख ५९ हजार ६९१ रुपैयाँ बराबरको २१ लाख ७१ हजार ५८२ कित्ता सेयर कारोबार भएको छ । सोमबार विमा र जलविद्युत समूहको नेप्से भने घटेको छ ।
प्रतिक्रिया