काठमाडौं । वाम एकता संगै दुई चरणमा निर्वाचन भएर त्यसको परिणाम पनि आएको छ । अव वामपन्थिको बहुमतको सरकार वन्ने निश्चित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नै आगमी प्रधानमन्त्री केपी ओली नै हुने वताएपछि आन्तरिक रुपमा मन्त्री चयनका लागि छलफल सुरु भएको छ । यो मन्त्रीमण्डलले धेरै काम गरेर देखाउनु पर्ने भएका कारण पनि एमाले अध्यक्ष ओलीले निर्विवाद ब्यक्तिलाई मन्त्री वनाउने योजना वनाएका छन् ।
ओलीको पहिलो रोजाईमा एमाले सचिव प्रदीप ज्ञवाली परेका छन् । ज्ञवालीलाई अर्थ वा परराष्ट्र मध्ये एउटा मन्त्रालय दिएर सरकारमा लैजाने ओलीको चाहना रहेको उनका निकटहरु वताउछन् । त्यसैगरी एमालेको पदाधिकारी मध्ये मन्त्री हुन नपाएका एकमात्र ब्यक्ति सचिव योगेश भट्राईलाई पनि ओली गतिलो मन्त्रालयसहित सरकारमा सामेल गराउने ओलीको चाहना रहेको वालकोट स्रोतले जनाएको छ । यो संगै ओलीले बिवादमा नपरेका केही पुराना मन्त्रीलाई पनि दोहोर्याउने मुड देखाएको ओली निकटहरुले वताएका छन् । मन्त्री हुन सवैभन्दा बढी रहर गरेका महासचिव ईश्वर पोखरेललाई भने अध्यक्ष ओलीले रोक्ने संभावना देखिएको छ ।
केही दिनका लागि मात्र उपप्रधानमन्त्री वनेका पोखरेलले पुनः उपप्रधान तथा अर्थ मन्त्रीको रहर गरेका थिए । तर, आफ्ना निकटस्थ संग अध्यक्ष र महासचिव दुवै सरकारमा जान नहुने बिचार र।ाख्न थालेपछि पछिल्ला दिनमा महासचिव अध्यक्षको चाकडीमा लागेर अन्तरवार्ता दिन थालेका हुन् । यसै यसै गरी अव वन्ने सरकारमा नेकपा एमालेले जनजाती वाट शेरवहादुर तामाङलाई मन्त्री वनाउने योजना रहेको छ । अहिलेसम्म नेकपा(एमाले)ले तामाङ समुदाय वाट मन्त्री नै नवनाएका कारण पनि तामाङको संभावना वलियो रहेको छ ।
ताम्सालिङ क्षेत्रवाट तामाङ उम्मेदवार नभएका कारण सिन्धुपाल्चोक क्षेत्र नम्वर एकमा अरुण नेपाललाई पछि हटाएर अग्नि सापकोटालाई उम्मेदवार वनाएर सिन्धुपाल्चोक दुईमा शेरवहादुर तामाङलाई टिकट दिईएको थियो । लोकतान्त्रिक शक्तिको तर्फवाट उम्मेदवार वनेका पशुपति सम्सेर राणालाई दुई पटक हराएका कारण पनि तामाङलाई मन्त्री वनाउनै पर्ने दवावमा एमाले छ ।
एमालेले आफ्नो भागमा पर्ने मन्त्रालयमा मधेशवाट रघुविर महासेठ,दलित वाट छविलाल बिश्वकर्मा,महिला वाट पद्मा अर्याल,नेवारी समुदाय वाट जीवनराम श्रेष्ठ वा रामवीर मानन्धर र यस अघि राम्रो काम गरेर काग्रेसको गढ मानिने बिराटनगरवाट विजयी भएका लालवावु पण्डितलाई मन्त्री वनाउनु पर्ने वाध्यतामा छ । वामदेव गौतमले पराजय भोगेका कारण उनको कोटावाट चार नम्वर प्रदेशका मुख्यमन्त्री किरण गुरुङ वा रविन्द्र अधिकारीलाई मन्त्री वनाउने मध्ये कुनलाई प्राथमिता दिन्छन् । त्यसको आधारमा निर्णय हुने छ ।
त्यसोत बिगतमा अर्थमन्त्रालयको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरेका सुरेन्द्र पाण्डेलाई पनि मन्त्री वनाउनु पर्ने दवाव एमालेमा छ । भक्तपुरमा असहज परिस्थिति हुँदाहुँदै पनि अत्यधिक मतले बिजयी भएका महेश वस्नेतलाई पनि मन्त्री वनाउने ओली चाहना रहेको छ । तर, जुनियर भएका कारण समस्या आउनेमा पनि ओलीले सचेत रहेको वताईन्छ ।
प्रतिक्रिया