वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

“सहकारी मार्फत नै देशको दिगो विकास सम्भव” -मन्त्री गिरी

अर्थटुडे
२०७४ पुष ९, आईतवार

काठमाडौं । सहरी विकास मन्त्री दिलनाथ गिरीले सहकारीमार्फत नै नेपालले दिगो आर्थिक विकास गर्नसक्ने दावी गरेका छन् । सहकारीलाई संविधानमै आर्थिक खम्बाको रुपमा स्वकार गरी मान्यता दिएको र सोही अनुसार काम गर्नुपर्ने उनको दावी थियो ।

पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको शनिबार भएको साधारणसभामा बोल्दै मन्त्री गिरीले सहकारीलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्न आग्रह गरे । सहकारीमार्फत कृषि क्षेत्रमा लगानी वृद्धि र व्यवसायीक खेती गर्न सके आयात प्रतिस्थापन गरी दिगो आर्थिक विकास गर्न सकिने उनको भनाइ थियो ।

यसैगरी राष्ट्रिय सहकारी संघका संचालक तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा सहकारी अभियानको सुझावलाई वेवास्ता गरी ऐन ल्याएको आरोप लगाए ।
नयाँ सहकारी ऐनमा सहकारीको वृद्धि र विकासमा धेरै वाधाहरु सिर्जना गरेको भन्दै यसलाई सच्याउनुपर्ने उनको माग थियो । देशको कुल ग्राहस्थ उत्पादनमा सहकारी क्षेत्रको योगदान सार्वजनिक हुन नसकेको वर्तमान परिस्थितीमा कृषि क्षेत्रमा लगानी बृद्धि गरी रोजगार तथा कुल ग्राहस्थ उत्पादनमा समेत अभिबृद्धि गर्न विभिन्न किसिमका रणनीतिहरु आवश्यक रहेको उनले औल्याए ।

भण्डारीले विभिन्न सहकारी संघ संस्थाहरुबाट प्रत्यक्ष रुपमा २ लाख भन्दा बढी व्यक्तिहरुले रोजगारी प्राप्त गरेका जानकारी गराए । मुलुकमा रहेको सहकारीको अवस्थाबारे जानकारी गराउदै भण्डारीले वित्तिय कारोबारमा सहकारी संस्थाहरुको योगदान २५ प्रतिशत भन्दा बढी अर्थात ५ सय अर्ब भन्दा बढिको वित्तिय कारोबार सहकारी संस्थाहरुबाट भएको जानकारी गराए ।
देशको कुल ग्राहस्थ उत्पादनमा सहकारी क्षेत्रको योगदान सार्वजनिक हुन नसकेको वर्तमान परिस्थितीमा सहकारी संस्थाहरुलाई थप व्यवस्थित गर्दै क्षमता अभिवृद्धि गर्न, कृषि क्षेत्रमा लगानी बृद्धि गरी रोजगार तथा कुल ग्राहस्थ उत्पादनमा समेत अभिबृद्धि गर्न विभिन्न किसिमका रणनीतिहरु अबलम्बन गर्नु अपरिहार्य रहेको बताए ।

उनले सरकारको तीन खम्बे अर्थ नीतिको लक्ष्य पुरा गर्न व्यापक रुपमा यस क्षेत्रमा लगानी बृद्धि गरी सहकारीको माध्यमबाट समग्र देशको विकास हुन सक्दछ भन्ने सम्पूर्ण सहकारीकर्मीहरुको धारणा रहेको उल्लेख गरे ।
संस्थाले चालु आ.व.मा सरकारलाई ४ करोड ७१ लाख ९७ हजार १ सय ९९ राजश्व बुझाएको छ ।

संस्थाले आ.ब. ०७३÷०७४ मा ९ करोड ७१ लाख ४६ हजार १ सय ९९ रुपैया मुनाफा आर्जन गरेको छ । संस्थाले कुल कारोवार ५ अर्ब २३ लाख ९८ हजार ३ सय ६८ रुपैया पु¥याएको छ । संस्थाको ०७३\०७४ मा निक्षेप ४ अर्ब १८ करोड ८६ लाख १ हजार ९ सय ६३ रुपैया पुगेको छ भने कर्जा लगानी तर्फ ३ अर्ब ४० करोड ८ लाख ५२ हजार ८ सय ४ रुपैया पुगेको छ ।

१७ हजार ८ सय ७० जना शेयरसदस्य रहेको संस्थाले चितवन जिल्लाको खैरहनी नगरपालिकामा नेपालकै सर्वाधिक ठुलो डेरी फार्म संचालनमा ल्याएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ