काठमाडौं । नेपाल राष्ट्र बैंकले एक जिल्ला कार्यक्षेत्र भएका विकास बैंक तथा फाइनान्स कम्पनीहरुलाई तोकिएको पुँजी पुर्र्याउने समय साढे २ वर्ष थपेको छ । मंगलबार निर्देशन जारी गर्दै पुँजी बढाउनका लागि २०७६ पुससम्मको समय दिएको हो ।
यसअघि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई पुँजी बढाउनका लागि २०७४ असारसम्मको समय दिएको थियो । उक्त समयभित्र केही बाणिज्य बैंकहरुले मात्र तोकिएको पुँजी पुर्याएका छन् ।
राष्ट्र बैंकले २०७२ सालको मौद्रिक नीति मार्फत एक जिल्ले विकास बैंकलाई ५० करोड तथा फाइनान्स कम्पनीले ४० करोड चुक्ता पुँजी पुर्याउनु पर्ने व्यवस्था गरेको थियो ।
प्रतिक्रिया