काठमाडौं । सरकारले गम्भीर प्रकृतिको विरामी भइ अशक्त भएका सर्वसाधारणलाई मासिक पाँच हजार रुपैयाँ जीविकोपार्जन भत्ता दिने भएको छ । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले आफै काम गर्न नसक्ने विरामीलाई मासिक रुपमा भत्ता दिने निर्णय गरेको हो ।
यो निर्णयसँगै दुवै मिर्गाैलाले काम नगर्ने, क्यान्सर रोगी र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका अपांग बिरामीले मासिक भत्ता पाउने अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
यसैगरी बैठकले रानिपोखरी पुनः निर्माण पुरातत्व विभागले स्वीकृत गरेको मापदण्ड बमोजिम नै महानगरपालिकालाई निर्देशन दिनुका साथै स्वास्थ्य मन्त्रालयको सचिवमा डा पुष्पा चौधरीलाई नियुक्त गरेको छ ।
बैठकले व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजनाको लागि विश्व बैंकले दोस्रो चरणका लागि दिने छ अर्ब २१ करोड ऋण सहायता र काठमाडौँ विश्वविद्यालयमा अनुसन्धान तथा विकास केन्द्र स्थापनाका लागि कोरिया सरकारले उपलब्ध गराउने एक अर्ब चार करोड अनुदान सहयोग स्विकार गर्ने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया