वि.सं. २०८२ बैशाख १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उन्नती माइक्रोफाइनान्सको १ लाख ६५ हजार कित्ता आइपिओ आउदै

अर्थटुडे
२०७४ पुष १३, बिहीबार

काठमाडौं। उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले १ करोड ६५ लाख रुपैयाँ बराबरको एक लाख ६५ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । उक्त सेयरका लागि सर्वसाधारणले पुस २१ गतेदेखि आवेदन खुल्ला हुने धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

कम्पनीले निश्कासन गर्ने कुल सेयरमध्ये ६ हजार ६ सय कित्ता कर्मचारीका लागि र ८ हजार २५० कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकी एक लाख ५० हजार १५० कित्ता सर्वसाधारणका लागि बाडफाड हुनेछ ।
आवेदनकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ८२० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । प्रतिकित्ता सेयरको मूल्य एक सय रुपैयाँ अंकित छ ।

सेयरको आवेदन आश्वा सुविधा भएका सबै बैंक तथा वित्तीय संस्थाबाट दिन सकिन्छ । यसका लागि लगानीकर्ताको डिम्याट खाता भने अनिवार्य छ ।

राष्ट्र बैंकबाट “घ“ वर्गको वित्तीय संस्थाको रुपमा इजाजत पाएको कम्पनीको सेयर निष्काशन पछि पुँजी ५ करोड ५० लाख पुग्नेछ ।

१० जिल्ला कार्यक्षेत्र रहेको बैंकले २९ शाखाबाट सेवा दिइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ