काठमाडौं । मुक्तिनाथ विकास बैंकको अध्यक्षमा खिम प्रकाश मल्ल चयन भएका छन् । पुस १२ गते बसेको संचालक समितिको बैठकले संचालक रहेका मल्ललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
मल्ल विगत ६ वर्षदेखि यस विकास बैंकको सञ्चालक समितिको सदस्य थिए । निवर्तमान अध्यक्ष मीन प्रसाद गुरुङ्ग प्रदेश नं. ४ अन्तर्गत स्याङ्गजा जिल्ला १ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भए पछि श्री मल्लले उक्त जिम्मेवारी सम्हालेका हुन् ।
अध्यक्षमा चयन भएपछि मल्ललाई बुधबार नै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तमणि सिवाकोटीबाट पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।
व्यवस्थापनमा स्नातकोत्तर गर्नु भएका मल्ल हाल निर्माण व्यवसायमा संलग्न छन् ।
प्रतिक्रिया