वि.सं. २०८२ जेष्ठ ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मर्चेन्ट बैंकहरुलाई फण्ड रेज गर्न पनि दिनुपर्छ

अर्थटुडे
२०७४ पुष १४, शुक्रबार

सानिमा बैंकको सहायक कम्पनीको रुपमा स्थापित सानिमा क्यापिटलको प्रमूख कार्यकारी अधिकृतको रुपमा अहिले मनिषनाराण जोशी रहेका छन् । सनराइज बैंकमा करिव १८ महिना जागिर खाएर नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडमा करिव सात बर्ष काम गरेका जोशी स्थापनाकाल देखि नै सानिमा क्यापिटलमा आबद्ध छन् । उनीसँग गरिएको कुराकानीको सारांसः
बजारमा यत्तिधेरै मर्चेन्ट बैंकरहरु रहेका छन्, तपाईहरु पनि यही भिडमा मिसिन आउनु भएको छ । काम गर्नको लागि बजार पुग्छ त ?
हामी सानिमा बैंकको सहायक कम्पनीको रुपमा आएका हौ । सानिमा बैंकले निक्षेप लिने, कर्जा दिने र बैदेशिक मुद्रा सटहीको काम मात्र गर्न पाउछ । पुँजीबजार सम्बन्धी काम गर्न पाउदैन । पहिला चाँही एउटा शाखा स्थापना गरी त्यसैबाट कारोबार गर्न पाउथ्यो तर पछि बैंकले नै पुँजीबजारको काम पनि गर्दा समस्यामा पर्ने भएपछि नेपाल राष्ट्र बैंकले छुट्टै स्थापना गर्नका लागि निर्देशन दियो । त्यसपछि सबैं बैंकहरुले क्रमशः आफ्नै क्यापिटल मार्केट्स कम्पनी स्थापना गरेका हुन् । त्यस्तै हामीपनि पुँजीबजारमा काम गर्नका लागि नै स्थापना भएका हौ । सानिमा ग्रुपले आफ्ना ग्राहकहरुलाई सपुर्ण वित्तिय सेवा दिने उदेश्यका साथ सानिमा क्यापिटको स्थापना भएको हो ।


मनिष नारायण जोशी प्रमूख कार्यकारी अधिकृत, सानिमा क्यापिटल

अहिले संक्रमणकाल नै हो । पहिले आइपीओ जारी गरेर धेरै कमाउने कम्पनीहरु पनि थिए । त्यो अहिले धेरै कुरामा कम भएको छ । अहिले भनेको संक्रमण काल भएको हुदा भोलिको लागि तयारी भएर बस्नुपर्ने हुन्छ ।

 

 


अन्य क्यापिटल मार्केट भन्दा सानिमा क्यापिटल के कुरामा फरक छ ?

हामीले नेपाल धितोपत्र बोर्डले काम गर्नका लागि दिएको स्वीकृति अनुसार नै काम गर्ने हो ।आजको दिनसम्ममा बोर्डले हामीलाई दिएको भनेको इस्यु म्यानेजमेन्ट,अन्डरराइटिङ,सेयर रजिष्टार,डिम्याट,पोर्टफोलियो म्यानेजमेन्ट,फण्ड म्यानेजरको काम हो जुन हामीले गरिरहेका छौ ।

नयाँ कम्पनीहरुलाई सस्टेन गर्न कठिन छ भनिन्छ नी ?

सस्टेन गर्नचाही कठिन नै छ । तपाईले भनेजस्तै सबै बैंकले सहायक कम्पनी खोलीसके हामी किन नखोल्ने भन्ने सोचले पनि नयाँ कम्पनी बजारमा आए । अर्को चाही जुन रुपमा पहिलाका कम्पनीहरुले कमाए त्यो देखेर पनि यसमा अबसर छ भनेर पनि आए । बोर्डले आश्वा लागु गरिसकेको छ । छिट्टै सिआश्वा लागुगर्दे छ । पहिले २ महिना जस्तो पैसा अड्किने गर्दथ्यो अहिले त्यस्तो हुदैन । सिआश्वा लागु भएपछि २० दिनमा इस्यु म्यानेजमेन्टको काम सकाएर सेयर बाँडफाँड समेत गरिसक्नुपर्छ । त्यसरी हेर्दा इम्प्रुभमेन्ट चाही भइरहेको छ । अहिले सेवामा चाही प्रतिष्पर्धा हुन्छ । भोलिको दिनमा स्थिर सरकार भएपछि पुँजीको अभाब हुन्छ । हरेक सेक्टरमा ठुला ठूला उद्योगहरुमा मुख्य चाहिने भनेको पुँजी नै हो । आइपीओको माध्यमबाट छरिएर रहेको पुँजीलाई संकलन गर्ने कामहरु आउछ । त्यतिवेला इन्भेष्मेन्ट बैकिङको रोल चाही धेरै हुन्छ । त्यसलाई तार्गेट गरेर हामीले अहिलेदेखि नै काम सुरु गरिरहेका छौ । सबैभन्दा ठूलो कुरा भने उत्तम प्रकारको सेवा दिएर सर्भाइभ हुने हो ।

आश्वा लागु भएपछि मर्चेन्ट बैंकरहरुको कमाइपनि ह्वात्तै घटेको छ । नयाँ कामहरु पनि तत्काल तपाईहरुले गर्नुभएको छैन । पुरानै कामको लागि त अन्य धेरै कम्पनीहरु बजारमा रहेका छन् । करिव दुई बर्ष तपाईहरु नाफा कमाउने गरी काम गर्न सक्नुहुन्न, यस्तो अवस्थामा तपाईहरु कसरी टिक्नुहुन्छ ?

टिक्ने कुरा चाही सबैको आ– आफ्नै स्टाटेजीमा भर पर्छ । अहिलेको दिनमा टिक्ने भन्नेकुराहरु आश्वाको कमाइ नभएर अन्य सेवाहरुबाट हो । जस्तै म्युचुअल फण्ड, पोर्टफोलियो म्यानेजमेन्टको पार्ट भयो । परामर्शदाता र भेन्चर क्यापिटलको काम गर्न त हामीले लाइसेन्स नै लिएका छैनौ । त्यसमा केही टाइम लाग्ला । तर अहिले देखि नै तयारी गरेन भने भोली पछाडी पर्न सकिन्छ । विकासको काम गर्नका लागि पुँजीकै आवश्यकता पर्छ । त्यतिवेला पुँजी आवश्यकता हुदा प्राइभेट र सर्वसाधरणबाट नै रकम उठाउने हो । प्राइभेट इक्वीटीको एडभाइजरी रोल र पव्लिक इक्वीटीको लागि आइपीओको रोलचाही इन्भेष्टमेन्ट म्यानेजमेन्टले गर्न सक्ने भयो । मुख्ययाः भोलीको अवसरलाई हेरेर काम गर्ने हो । अहिले संक्रमणकाल नै हो । पहिले आइपीओ जारी गरेर धेरै कमाउने कम्पनीहरु पनि थिए । त्यो अहिले धेरै कुरामा कम भएको छ । अहिले भनेको संक्रमण काल भएको हुदा भोलिको लागि तयारी भएर बस्नुपर्ने हुन्छ ।
आगामी दिनमा कस्ता खालका अवसर देख्नुभएको छ ?

पुँजीबजारमा हेर्ने हो भने बैंक ,फाइनान्स, बीमा र विस्तारै जलविद्युत कम्पनीहरु आएका छन् । यीनीहरु भनेको सबै क्यापिटल इन्सेन्टिभ प्रोजेक्टहरु हुन् । अरु प्रोजेक्टहरु क्यापिटल इन्सेन्टिभ प्रोजेक्टहरु जस्तै सिमेन्टहरु आउदा पुँजीको अभाव हुदा प्रमोटरको इक्विटी साइडमा र आइपीओको माध्यमबाट पुँजी संकलन गर्दछ । त्यसमा एसिष्ट गर्ने रोल चाही इन्भेष्टमेन्ट कम्पनीहरुको हुन्छ ।
धितोपत्र बोर्डले तपाईहरुको कामको दायरा पनि बढाएको छ नी ?

हो,बोर्डले हामीलाई कपोरेट एडभाजरी रोल मात्र दिएको छ । प्राइभेट इक्विटी र भेन्चर क्यापिटलको कुरा छ त्यसमा चाही हामीले फण्ड रेज गरेर हामीले नै त्यसलाई म्यानेज गर्ने अवसर नपाएसम्म केही हुदैन । अरुको फन्ड हामीले म्यानेजमेन्ट मात्र गर्ने हो । फण्ड रेज गरेर म्यानेजमेन्ट सम्मको काम गर्ने दायरा खोलीदियो भने चाही छरिएर रहेका पुँजीहरु संकलन गरेर प्राइभेट इीक्वटी फन्ड नै बनाएर म्यानेसमेन्ट गर्ने हो । आजको दिनसम्म चाही त्यो सम्भव छैन । अहिले मर्चेन्ट बैंकर एसोसिएनले पनि फण्ड रेज गर्ने सम्मको अधिकार दिनुपर्यो भनेर धितोपत्र बोर्डमा गइरहेको छ । आजको दिनमा प्राइभेट इक्वीटीको एडभाइजरी गर्छु वा भेन्चर क्यापिटलको एडभाइजरी गर्छु भनेर काम गर्न सक्ने अवस्था चाही एकमदमै लिमिट रहेको छ ।
मर्चेन्ट बैंकरहरुको अवस्था के देख्नुभएको छ ?

मर्चेन्ट बैंकरहरु अहिले संक्रमणकालबाट गुज्रिरहेका छन् । हुन त समग्र देश नै संक्रमणकालमा गुज्रिरहेको अवस्था छ । अहिले हामी भोलिको लागि तयारी भइरहेने हो । अहिले हामीले सस्टेन मात्र गर्ने हो । त्यसका लागि धितोपत्र बोर्डले स्वीकृति दिएको कामहरुलाई नै बजारमा लैजाने र सोहीबाट नै आफूहरुले आम्दानी गर्ने हो । इस्यु म्यानेजमेन्टको पाटोमा भने कम्पीटीसनका कारण शुल्क लिनपर्ने बाध्यता रहेको छ । त्यो चाही मर्चेन्ट बैंकिङ व्यवसायको ठूलो विषय बनेको छ । मैले हेरेको चाही आज भन्दा पनि अवको दुईतीन बर्षमा संक्रमणकाल सकिएपछि र अन्य ठूला लगानीहरु भित्रदा इन्भेष्ट बैंकहरुका रोल चाही राम्रो रहन्छ भन्ने हो ।
कतिपय समयमा मर्चेन्ट बैंकरहरुले तयारी गरेका नै हुदैनन् तर धितोपत्र बोर्डले एक्कासी नयाँ नीति निर्देशनहरु जारी गरिरहेको हुन्छ ,यसले तपाईहरुलाई कत्तिको असर गरिरहेको छ ?

यसमा पनि संक्रमणकालकै कुराहरु आउछ । बोर्डले पनि गत एक डेढ बर्षमा धेरै नयाँ कुराहरु बाहिर ल्याएको छ । यसलाई पनि हामीले सकारात्मक रुपमा नै लिने गरेका छौ । लगानीकर्ताको हितमा काम गरिरहेको हिसावले आजको दिनमा केही प्रतिष्पर्धा होला शुल्कमा धेरै नै प्रतिष्पर्धा छ । तर पछि मर्चेन्ट बैंकरहरुले आफैले रियलाइज गर्छन् यत्ति मात्र शुल्कमा हामी सस्टेन हुन सक्दैनौ भन्ने हुन्छ र करेक्सन भएर फीक्स शुल्क निर्धारण हुन्छ भन्ने लाग्छ । यी सबैकुराहरु मार्केटले नै करेक्ट गर्ने कुरा हो जस्तो लाग्छ । आज पो कम शुल्कमा काम गरिन्छ तर घाटामा काम गरेर त कति दिन काम गर्न सकिन्छ र ? मर्चेन्ट बैंकरहरुको संख्या र बजारको साइज चाही व्यालेन्स छैन । अस्वस्थ प्रतिष्पर्धा भने भएको छ । आफू सस्टेनेबल हुने गरी मात्र काम गरिरहेका छौ ।
तपाईहरु सस्टेन हुनका लागि मात्र काम गरिरहनु भएको छ ? नाफा कमाउने तार्गेट छैन ?

पक्कै पनि हामी नाफा कमाउनका लागि नै बजारमा आएका हौ । तर घाटामा बसेर काम गर्ने भन्ने त हुदैन । सर्भिसमा कन्भिन्स गराएर सिमित शुल्क लिएर काम गरेपछि केही फाइदा बस्ने हिसाबले काम गर्ने हो । धेरै फाइदा एकैपटक हुने गरी भने काम गरेका छैनौ ।
सानिमा म्युचुअल फण्ड भर्खरै जारी भएको छ, लगानीकर्ताहरुलाई कत्ति प्रतिशत लाभांस दिन सक्नुहुन्छ ?

हामीले भर्खरै सानिमा म्युचुअल फण्ड बजारमा जारी गरेका छौ । यो सात बर्षमा सकिन्छ । हामी लगानीकर्ताहरुलाई प्रत्येक बर्ष १५ प्रतिशत लाभांस दिने सोचका साथ काम गरिरहेका छौ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ