वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इटहरीमा बैंकिङ एक्स्पो सम्पन्न

अर्थटुडे
२०७४ पुष १८, मंगलवार

काठमाडौँ । पूर्वाञ्चलको इटहरीमा वित्तीय जागरण राष्ट्रिय अभियान अन्तर्गतको तीन दिने बैंकिङ एक्स्पो सम्पन्न भएको छ । काठमाडौँ बाहिर पहिलोपटक सम्पन्न भएको र्बैंक बीमा एक्स्पोमा हजारौँले अवलोकन गरेका छन् । उक्त सूचना मेलामा बीमा समिति, युवा स्वरोजगार कोष तथा बैंक वित्त र बीमा कम्पनीको गरी ३५ वटा सूचनामूलक स्टल राखिएको थियो ।

कार्यक्रम समापन समारोहलाई सम्बोधन गर्दै बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँले बीमाको पहुँच वृद्धि गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । सम्पत्ति र मानिसको जीवनको सुरक्षाका लागि बीमा महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले पाठ्यक्रममै बीमा शिक्षा कार्यक्रम समावेश गराउनुपर्नेमा जोड दिए ।

उनले नयाँ विभिन्न जीवन बीमा कम्पनीहरु संचालनमा आउँदा करिब एक हजार बढीलाई रोजगारी सिर्जना भएको जानकारी दिए । बैंकिङ क्षेत्रमा जागीर रोज्ने युवा वर्गलाई लक्षित गर्दै उनले बैंकले भन्दा बीमाले राम्रो सुविधा प्रदान गरेकाले बीमा क्षेत्र पनि रोजगारीको उत्कृष्ट विन्दुमा पर्ने बताए ।

कार्यक्रममा बीमा विज्ञ एवम् बीमा समितिका सल्लाहकार भोजराज शर्माले बीमाको महत्व नबुझेकै कारण बीमा गर्नेको संख्या न्युन रहेको बताए ।

त्यसैगरी, नेपाल माइक्रोफाइनान्स एसोसिएसनका केन्द्रीय सदस्य एवं समीट माइक्रोफाइनान्स वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रबहादुर बस्नेतले ससानो उद्यममा पनि बीमा अनिवार्य गर्नुपर्नेमा जोड दिए ।

प्रभु इन्स्योरेन्सका सीईओ संचित बज्राचार्यले थोरै खर्चको लोभले घरगाडीको बीमा नगर्नेहरु कुनै पनि बेला पछुताउनुपर्ने बताए । उनले बर्षौँदेखि कमाएको सम्पत्ति सुरक्षाका लागि बीमा अनिवार्य गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्थानीय समाजसेवी एवम् कस्तुरी कलेजका प्रिन्सिपल कमलेश पौडेलले म्यानेजमेन्टका विद्यार्थीले बैंक र बीमाबारे अनिवार्य शिक्षा हासिल गर्नुपर्ने बताए ।

कार्यक्रममा स्वदेशी लघुवित्तद्धारा तयार गरिएको बीम शिक्षा र वित्तीय साक्षरताबारे नाटक प्रस्तुत गरिएको थियो । कार्यक्रममा विद्यार्थी, उद्यमी, व्यवसायी, महिला लगायतको सक्रिय सहभागीता रहेको थियो ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ