वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रभू बैंकको ४० प्रतिशत हकप्रद माघ ७ देखि

अर्थटुडे
२०७४ पुष १८, मंगलवार

काठमाडौं । प्रभु बैंकको ४० प्रतिशत हकप्रद सेयर माघ ७ गतेदेखि लगानीकर्ताका लागि खुल्ला हुने भएको छ । बैंकले १०० अंकित मूल्यका दुई करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन बन्द हुने मिति फागुन १३ गते रहेको छ ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । सेयरधनीहरुले विक्री प्रबन्धकका साथमा प्रभु बैंकका सम्पूर्ण शाखा कार्यालय र आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

हाल बैंकको चुक्तापूँजी रू. पाँच अर्ब ८८ करोड १४ लाख रहेको छ भने हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात बैंकको चुक्तापूँजी रू. ८ अर्ब २३ करोड पुग्नेछ । पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक सेयरधनीहरुले यस हकप्रदको लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ