वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सामसङका ग्राहकहरुकालागि कुकिङ क्लास र उत्पादन बारे तालिम

अर्थटुडे
२०७४ पुष १८, मंगलवार

काठमाडौँ । सामसङको आधिकारीक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि.द्वारा नेपाली ग्राहकहरुका लागि–माइक्रोवेभ ओभन कुकिङ क्लास आयोजना गरियो । साथै उक्त दिन नै सामसङका उत्पादन समेत जानकारी दिने उद्देश्यले तालिम समेत प्रदान गरिएको छ ।

उक्त कुकिङ क्लासको आयोजना नारायणगढ बजारको त्रिमुर्ती रेडियो तथा घडी पसल (जुन नारायणगढको सामसुङ्ग प्लाजा हो) त्यहाँ कुकिङ सम्बन्धी तालिम दिइएको थियो । भने, सेन्टर प्लाम होटल नारायणगढमा सामसङ्गको उत्पादनहरुबारे तालिम प्रदान गरिएको थियो ।

सामसुङको माइक्रोवेभ ओभन कुकिङ क्लासको आयोजनाको मुख्य उद्देश्य सहभागीहरुलाई सामसङका विभिन्न माइक्रोवेभ ओभनको प्रयोग गर्दै विभिन्न मिठा परिकारहरु बनाउन सिकाउनु हो । यो कार्यक्रममा सामसङ प्लाजाका प्रतिनिधिहरुबाटै प्रशिक्षण दिइएको थियो ।

माइक्रोवेभ ओभन कुकिङ क्लासका सहभागिहरुले सामसङको माइक्रोवेभ ओभन प्रयोग गरेर पुलाऊ, मटर–पनिर, ग्रिल्ड फिस, पिज्जा, केक र अन्य परिकारहरु पकाउने प्रशिक्षण लिएका थिए । प्रशिक्षणमा मुख्य रुपमा सामसङका स्लिम फ्राइ माइक्रोवेभ, कनभेन्सन माइक्रोवेभ ओभन, ग्रिल र सोलो माइक्रोवेभ ओभनको प्रदर्शन गरिएको थियो जसमा ८० प्रतिशतसम्म कम तेलको प्रयोग गरेर विभिन्न परिकारहरु पकाउन सकिन्छ ।

प्रशिक्षकहरुले सो सामसङ स्लिम फ्राइ माइक्रोवेभ ओभन, कनभेन्सन माइक्रोवेभ ओभन, ग्रिल र सोलो माइक्रोवेभ ओभन प्रयोग गरेर कसरी खाना बनाउने भन्ने जानकारी दिएका थिए । साथै पकाउदा अपनाउनु पर्ने सेफ्टीको बिषयमासमेत जानकारी दिइएको थियो ।

कार्यक्रमका बारेमा बोल्दै सामसङ प्लाजाका निर्देशक सीमा गोल्छाले भनिन्, “सहभागिहरु सामसङको माइक्रोवेभ ओभन प्रयोग गरेर पकाउन निकै उत्सुक थिए । यसका साथै स्लिम फ्राइ माइक्रोवेभ ओभन, कनभेन्सन माइक्रोवेभ ओभन, ग्रिल र सोलो माइक्रोवेभ ओभनको प्रदर्शनले उनीहरुलाई अझै उत्साहित बनाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ