वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

देशभर आन्दोलन हुन थालेपछि सरकारले भन्यो- ‘प्रदेश राजधानीबारे कुनै निर्णय भएको छैन’

अर्थटुडे
२०७४ पुष १९, बुधबार

काठमाडौ । सरकारले प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा कुनै निर्णय नभएको भन्दै भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेको छ । सरकारले प्रदेश राजधानी प्रस्ताव गरेको सूचना बाहिरिएपछि विभिन्न ठाउमा विरोधका कार्यक्रमहरु समेत हुन थालेपछि सरकारले विज्ञप्ती निकालेर कुनै निर्णय नभएको जानकारी दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयले बुधबार विज्ञप्ती जारी गर्दै अस्थाई राजधानी तोकिसकिएको भनी संचारमाध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको र हालसम्म अस्थायी राजधानी तोक्ने सम्बन्धमा कुनै पनि निर्णय नभएको जनाएको हो ।

प्रबक्ता हरी प्रसाद पन्थीले जारि गरिएको बिज्ञप्तिमा संविधानको धारा २८८ को उपधारा ३ बमोजिम प्रदेशको कार्यसञ्चालन गर्ने स्थान तोक्ने सम्बन्धमा हालसम्म कुनै निर्णय नभएको स्पष्ट पारिएको छ । साथै त्यस्ता समाचारको भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको प्रस्ताव गरेको सूचना सार्वजनिक भएको थियो । जसअनुसार प्रदेश नंं १ को विराटनगर, प्रदेश नंं २ को जनकपुर, प्रदेश नंं ३ को भक्तपुरको ठिमी, प्रदेश नंं ४ को पोखरा, प्रदेश नंं ५ को दाङ, प्रदेश नंं ६ को सुर्खेत र प्रदेश नंं ७ को धनगढी अस्थायी मुकाम प्रस्ताव गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ